• १३ साउन २०८१, आइतबार

सामाजिक परीक्षण सुनुवाइमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता

blog

काठमाडौं, माघ ३ गते । शीतला माध्यमिक विद्यालयमा सामाजिक परीक्षण सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका–१६ वडामा रहेको उक्त विद्यालयले सामाजिक परीक्षण सुुनुवाइ कार्यक्रममा विद्यालयको आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० को आर्थिक आयव्यय विवरण, शैक्षिक विवरण प्रस्तुत गरिएकाे थियो ।

गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको आवश्यकता अपरिहार्य रहेको बताउनुहुँदै विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले विद्यालयको आर्थिक पारदर्शितालाई चुस्त दुरुस्त राख्ने प्रतिबद्धता जनाउनुभयो । साथै शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा सङ्घसंस्थाको महत्त्वपूर्ण भूमिका रहने कुरालाई जोड दिनुहुँदै शैक्षिक गुणस्तरको विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने र सबैसँग हातेमालो गरी अघि बढ्ने उहाँले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालय सुशासनको पहिलो कडी सार्वजनिक सुनुवाइ भएकाले पहिलो प्रयासमा गरिएको कोशिसलाई सबैले सकरात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा आफूले उल्लेख्य सहयोग गरेको र भविष्यमा यस्ता कार्यमा डटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुनुवाइलाई सम्बोधन गर्ने क्रममा वक्ताहरुले विद्यालयको खेलकुद, तालिम, स्वास्थ्य सुविधा र विद्यार्थी प्राथमिक उपचार, तथा अन्य शैक्षिक कार्यमा सँगसँगै लाग्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा कामनपा १६ वडाका जनप्रतिनिधि शारदा सुवेदी, तरुण स्रोत केन्द्रका स्रोत शिक्षक नारायणप्रसाद नेपाल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष केशव खड्कालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति थियो ।