१०८ गौमुखी धारामा स्नान गर्नेको भिड
हेटौँडा उपमहानगरपालिका-९ स्थित त्रिवेणी धाममा हरेक वर्ष माघ महिनामा लाग्दै आएको माघे मेला यो वर्ष पनि आज (सोमबार) बाट सुरु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै सङ्घीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गर्नुभएको छ ।
आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।
हृदयाघात बढ्नुको प्रमुख कारण अधिक धूम्रपान
अन्य मौसमको तुलनामा जाडो मौसममा मुटुका रोगी बढ्ने गर्दछन् । विभिन्न अध्ययनले पनि जाडोमा मुटुरोगीको सङ्ख्या बढ्ने देखाएको छ । कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारी जाडोमा रगतका नलीहरू खुम्चिई ब्लड प्रेसर बढ्ने भएकाले मुटुलाई धेरै भार परी मुटुरोग बढ्ने बताउनुहुन्छ ।
भूमिगत जलको दोहनलाई नियन्त्रणको विकल्प छैन: नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
असन बजारमा चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिको पूर्व सन्ध्यामा असन बजारमा चाकु लगायत तिलौरा तिलको लड्डु घ्यू किन्नेको भीड बाक्लै देखियो । विशेषता घ्यू चाकु खाएर मनाइने भएकाले पनि विशेष दिनका लागि आवश्यक सामान किन्नेको भीड लागेको हो ।
मुलुकले राजनीतिक प्रतिबद्धता खोजिरहेको छ : सञ्जयकुमार गौतम
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ ।
उपभोक्ताको धारामा चौबीसै घण्टा खानेपानी उपलब्ध गराउनुस् : प्रधानमन्त्री
मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो।
माघेसंक्रान्तिः देवघाटमा स्नान गर्नेको बिहानैदेखि घुइँचो
धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति स्नान गर्नेको सोमवार बिहानै देखि घुइँचो छ । आइतबार बिहान बेनीमा ओमकार अङ्कित वासको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै स्नानका लागि खुला भए पनि भक्तजनको घुइँचो सोमवार बिहानबाट मात्रै भएको हो ।
माघे सङ्क्रान्तिका अवसरमा प्रदेश प्रमुख शर्माको शुभकामना
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघी पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धिमा सहयोग पुर्याउने बताउनुभएको छ ।
पूर्वपश्चिम रेलमार्गको भरतपुर रुटबारे विकल्प प्रस्तुत
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्वपश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ ।
आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण
आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।
पर्वले अनेकतामा एकता कायम गर्न भूमिका खेलेका छन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ भन्नुभयो ।
दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्दछः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
दुर्गममा चिकित्सकलाई प्रोत्साहन भत्ता
बागमती प्रदेश सरकारले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धिसँगै विशिष्टीकृत सेवा सहज रूपमा प्रदान गर्न नयाँ कार्यव्रmमसहित प्रयास सुरु गरेको छ । प्रदेशका नागरिकलाई प्रादे
निकुञ्जभित्र चल्ने सवारी साधन अवैध
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ । त्यसरी सञ्चालन भएको एउटा
नेपालभाषाका प्रख्यात गायक भृगुरामको निधन
नेपाल भाषाका गायक भृगुराम श्रेष्ठको ९१ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । अर्बुद रोगबाट पीडित गायक भृगुरामलाई केही दिनअघि वीर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
गाँजा र चरेससहित छ जना पक्राउ
मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र चरेससहित ६ जनालाई आइतबार नियन्त्रणमा लिएको छ ।
हुण्डी कारोबार गर्ने दुई जना पक्राउ
प्रहरीले राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।