• १३ साउन २०८१, आइतबार

नुवाकोटको शेराबगरमा जुध्दै गरेका गोरु

blog

नुवाकोटको शेराबगरमा आयोजित बृहत गोरु जुधाई कार्यक्रम । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं, माघ १ गते । नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित शेराबगरमा माघे सङ्क्रान्ति पर्वको अवसरमा बृहत् गोरु जुधाई कार्यक्रम भएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा सोमबार श्री शेराबगर विकास समाजले बृहत् गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ ।

माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो, गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । नुवाकोटमा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

नुवाकोटका साथै रसुवा र धादिङमा पनि हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइको आयोजना हुन्छ ।