नगद अनुदानका लागि थप बजेट माग
निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेको हो ।
प्रत्येक वडामा पार्क र फिजिकल फिटनेस केन्द्र बनाउँदै छौँ
स्थानीय तहको दोस्रो निर्वाचन भएको डेढ वर्ष पूरा भएको छ । यस अवधिमा काठमाडौँको नागार्जुन नगरपालिकामा भौतिक पूर्वाधार र सामाजिक विकासमा अपेक्षाकृत उपलब्धि हासिल भएका छन् । यस सन्दर्भमा नागा
थलियो खगेन्द्र नवजीवन केन्द्र
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पाँच पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष साम्देन लामा अनधिकृत रूपमा नेतृत्वमा आएको, आर्थिक कारोबार पारदर्शी नभएको र अपाङ्गता भएका व्यक्तिको हेरचाह राम्रोसँग नभएको दाबी गर्दै आठमध्ये पाँच पदाधिकारीले राजीनामा दिनुभएको हो ।
विकट पालिकामा गएर योजना सम्झौता
काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिकाका रूपमा रहेका महाभारत र खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कार्यव्रmमको सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरिएको छ । सार्वजनिक निर्माण कार्यान्वयन एकाइले चालु आवमा महाभारत र खानीखोलामा सञ्चालन हुने योजनालाई सम्बन्धित पालिकामा नै गएर योजना सम्झौता गरेको हो ।
कमला कार्की स्मृति प्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान प्रदान
कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
टोखाको चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
कवि युद्धप्रसाद मिश्रको स्मरण
कविता वाचनसहित कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्मजयन्ती मनाइएको छ ।
स्वास्थ्य, कृषि र इन्जिनियरिङ शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले स्वास्थ्य, कृषि र इन्जिनियरिङ शिक्षालाई जोड दिएको बताउनुभएको छ।
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा १५ जनाको उम्मेदवारी कायम
राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशमा १५ उम्मेदवारको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले सत्ता गठबन्धनमा रहेकोसहित छ वटा राजनीतिक दलका गरी राष्ट्रिय सभा सदस्यका १५ उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन गरेको हो ।
धुलिखेलमा रेफ्री प्रशिक्षण कार्यक्रम हुने
बागमती प्रदेशभित्र रहेका जिल्लाहरुमा रहेको फुटबलका जिल्ला रेफ्रीहरुको अभाव पुरा गर्ने उद्देश्यले फुटबल रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ ।
पृथ्वी जयन्तीमा एकता दिवस मनाउनु राम्रो : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताउनुभएको छ ।
वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ ।
‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा
आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै
बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो ।
नागरिक कर्तव्यलाई केन्द्रमा राख्न सके समाज परिवर्तन सहज हुने : प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गर्नुभएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति स्थापना कार्यका लागि तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
बिसे नगर्चीका सन्ततिद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायणको सालिकमा नगरा
नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
मेलम्चीको पानी चार दिनपछि काठमाडौं आउने
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ ।
दोलखामा भएन हिउँदे वर्षा
हिमालमा हिउँ पर्नु अस्वाभाविक घटना होइन । कुनै वर्ष धेरै त कुनै वर्ष थोरै भए पनि हिमाली जिल्ला दोलखामा हिउँ पर्थ्यो ।
मनोहरा क्षेत्रमा चरा गणना
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आउनुभएका थिमिका सञ्जय था श्रेष्ठले बताउनुभयो ।
कोरोनाको अध्ययनले बन्यो परिषद्को अन्तर्राष्ट्रिय पहिचान
समस्याको समाधान पहिल्याउन गरिने अनुसन्धानले नयाँ ज्ञानको विकास गर्नुको साथै संस्थागत पहिचान गराउन पनि मद्दत गर्दछ भन्ने उदाहरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बनेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ ।
चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा आज ललितपुरमा आयोजित सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री शर्माले चलचित्रकर्मीले भोगेका अनुभूति, परेका समस्या सल्ट्याउने गरी प्राप्त सुझावको आधारमा विधेयक निर्माण गरी संसद्मा पेश गरिने बताउनुहुँदै सुझाव दिन अनुरोधसमेत गर्नुभयो ।