‘सार्वजनिक यातायातको उपयुक्त विकल्प पोडवे’
खोला किनार, घना जङ्गल तथा आवासीय क्षेत्रमाथि विद्युतको तारमा सरर गुडाउन सकिने आधुनिक यातायातको माध्यम हो पोडवे । झट्ट हेर्दा केबुलकार जस्तो देखिने यो सेवा निर्माणमा केबुलकार भन्दा निकै सस्तो पर्दछ । दुई पोलबिचको दुरी दुई किलोमिटर रहने, विद्युतको सहायताले सञ्चालन हुने यो सेवा वातावरणीय हिसाबले पनि निकै प्रभावकारी रहेको छ ।
सन्दीप लामिछानेको सजाय आज तोकिँदै
बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने भएको हो ।
कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा : पति–पत्नीले पनि पाउने
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ ।
बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।
लोक सेवा विशेष बस्तुगत प्रश्नोत्तर
१. पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या कति प्रतिशत पुगेको छ ? २७.०७ प्रतिशत ग्रामीण तथा सहरी क्षेत्रको जनसङ्ख्या– राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०८० पुस १७ मा सार्वजनिक नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार पछिल्लो दस वर्षमा सहरी जनसङ्ख्या बढेर कुल जनसङ्ख्याको २७.०७ प्रतिशत पुगेको छ । – सहरी जनसङ्ख्या ः २७.०७ प्रतिशत– १० वर्षअघि ः २२.३१ प्रतिशत– सहरोन्मुख जनसङ्ख्या ः ३९.७५ प्रतिशत– १० वर्षअघि ः ३९.१९ प्रतिशत– ग्रामीण जनसङ्ख्या ः ३३.१९ प्रतिशत– १० वर्षअघि ः ३८.५ प्रतिशत– प्रदेशगत आधारमा सहरी र सहरोन्मुख जनसङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा १९.९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १.२ प्रतिशत रहेको छ । – जिल्ला अनुसार ग्रामीण तथा सहरी क्षेत्रको वर्गीकरणमा काठमाडौँ जिल्लामा सबैभन्दा बढी ९३.५१ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गर्छन् । – सहरी जनसङ्ख्या नदेखिएका जिल्ला कोशी प्रदेशको सङ्खुवासभा र तेह्रथुम, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, लुम्बिनी प्रदेशको रुकुम पूर्व र कर्णाली प्रदेशको डोल्पा र हुम्ला रहेका छन् ।– महानगरपालिकामा सहरी विशेषताका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८०.७ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः १७ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या २.३ प्रतिशत रहेका छन् ।– त्यस्तै उपमहानगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५३ प्रतिशत, सहरोन्मुख क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३९ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ८ प्रतिशत रहेका छन् । – नगरपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २८.४ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ४६ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः २५.४ प्रतिशत रहेका छन् ।– गाउँपालिकामा सहरी विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५.९ प्रतिशत, सहरोन्मुख विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ३६.१ प्रतिशत र ग्रामीण विशेषताको क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ः ५८ प्रतिशत रहेका छन् ।– सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको सङ्ख्या धेरै (३६८५) छ, जसमा कुल जनसङ्ख्याको ३३ प्रतिशत अर्थात् एक तिहाइ जनसङ्ख्या बसोबास गर्ने देखिएको छ । – राष्ट्रिय तथ्याङ्क दिवसका अवसरका प्रकाशित तथ्याङ्क अनुसार हाल नेपालका नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कुल जनसङ्ख्याको ६६.१७ प्रतिशत रहेको तर सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भने २७.०७ प्रतिशत मात्र छ । – नयाँ विधि अनुसारको वर्गीकरणअघि ६६.१७ प्रतिशत सहरी क्षेत्र मानिएको थियो, जसमा अर्धसहरी र सहरोन्मुख क्षेत्रसमेत गणना गरिएको थियो तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुनर्वर्गीकरण गर्नु परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । २. सन् २०२४ मा प्रक्षेपण गर्ने तय भएको नेपाली स्याटेलाइटको नाम के हो ? मुनाल – भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) मार्पmत सो स्याटेलाइट प्रक्षेपण गरिने छ । – विसं २०८० पुस १९ मा परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका व्रmममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।– नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ कै मोडेल, डाटा र सूचना प्रयोग गरेर ‘मुनाल’ बनाइएको हो, जसको नेतृत्व नास्टले गरेको छ ।– प्रक्षेपणपछि स्याटेलाइटसँग कम्युनिकेसनको कार्य नास्टकै ‘ग्राउन्ड स्टेसन’ बाट गरिने छ । – सन् २०२३ अगस्त २३ मा भारत चन्द्रमाको दक्षिणी धु्रवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बनेको थियो । सूर्यको अन्वेषणका निम्ति इसरोले पठाएको ‘आदित्य एल १’ समेत प्रक्षेपणको चार महिनापछि सन् २०२४ जनवरी ६ मा सफलतापूर्वक लक्ष्यमा पुगेको छ । ३. ८१ औँ गोल्डेन ग्लोभ्स अवार्ड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? ओपनहाइमर – ओपनहाइमरले ‘ड्रामा’ विधामा उत्कृष्ट चलचित्रको उपाधि जितेको छ । – क्यालिफोर्नियाको बिभेर्ली हिल्सस्थित बिभेर्ली हिल्टनमा आयोजित गोल्डेन ग्लोभ्स अवार्डमा हलिउड चलचित्र ओपनहाइमरले पाँच वटा अवार्ड जित्न सफल भयो । – उत्कृष्ट चलचित्र – ओपनहाइमर (ड्रामा)– उत्कृष्ट अभिनेता ः किलियन मर्फी (ओपनहाइमर) – उत्कृष्ट अभिनेतृ ः लिली ग्ल्याडस्टोन (किलर्स अफ द फ्लावर मुन)– उत्कृष्ट निर्देशक ः व्रिmस्टोफर नोलन (ओपनहाइमर)– बेस्ट अेरिजिनल स्कोर ः लुडविग गोरानसन (ओपनहाइमर)४. उत्कृष्ट डिजिटल बैङ्किङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेबापत प्रतिष्ठित ‘पेमेन्टस् एक्सिलेन्स अवार्डस् २०२३’ प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो ? एनआइसी एसिया बैङ्क– अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित गरेको छ । – बैङ्कले ‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैङ्किङको प्रवर्धन गरिरहेको छ । ५. प्रधानमन्त्री कप महिला राष्ट्रिय व्रिmकेट प्रतियोगिता–२०८० को उपाधि कसले जित्यो ? एपिएफ क्लब– कीर्तिपुरस्थित त्रिवि व्र्रिmकेट मैदानमा २०८० पुस १८ मा भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाँचौँ पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय व्रिmकेट प्रतियोगिताको उपाधि जितेको छ । – फाइनलमा एपिएफले पहिलो ब्याटिङ गर्दै ११४ रनको लक्ष्य प्रस्तुत गरेको, प्रत्युत्तरमा कोशीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर मात्र १०३ रन जोड्यो । – कोशी प्रदेशकी रुविना क्षेत्री प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । – एपिएफले ट्रफीसँगै पाँच लाख रुपियाँ हात पा¥यो भने कोशीले तीन लाख रुपियाँ प्राप्त ग¥यो । ६. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ? द्रविड ७. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ? मल्ल कालमा ८. गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार, २०८० कसलाई प्रदान गरियो ? डा. कृष्णराज सर्वहारी (थारू भाषाका उपन्यासकार)– उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार थारू भाषाका उपन्यासकार डा. सर्वहारीलाई प्रदान गरिएको हो ।– गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषामा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ ।– धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ ।– दुवै पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । ९. रावलपिन्डी रिजोलुसन नामक कार्यव्रmम केसँग सम्बन्धित छ ? बाल मजदुरी उन्मूलन१०. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ? मेकियाबेली११. नेपालको इतिहासमा पिस्कर काण्डका रूपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ? विसं २०४० माघ ११२. भारतले आगामी १० वर्षमा नेपालबाट न्यूनतम १० हजार मेगावाट विद्युत् खरिद गर्ने गरी दुई देशबिच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौता कहिले भएको हो ? विसं २०८० पुस १९ हस्ताक्षर भएका थप तीन सम्झौता – नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआइएल) बिच मुनाल भूउपग्रहसम्बन्धी सम्झौता– नवीकरणीय ऊर्जा विकासका लागि विद्युत् प्राधिकरण र भारतको एनटिपिसीबिच सम्झौता – उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौता अन्तरदेशीय प्रसारण लाइन उद्घाटन – रक्सौल–परवानीपुर लाइनको सेकेन्ड सर्किट – कटैया–कुसाहा लाइनको सेकेन्ड सर्किट – नौतनवा–मैनाहिया नयाँ लाइन– गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका व्रmममा मध्यकालीन र दीर्घकालीन विद्युत् व्यापार गर्ने गरी द्विपक्षीय समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । १३. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका कति पालिका सुगम क्षेत्रमा परेका छन् ? चार – सुदूरपश्चिमका ८८ पालिकामध्ये चार पालिका मात्रै सुगम अर्थात् ‘घ’ वर्गीकरणमा परेका । – सुगम क्षेत्र अन्तर्गत अर्थात् ‘घ’ वर्गीकरणमा परेका पालिका ः कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिका एवं कञ्चनपुरको भीमदत्त नगरपालिका । – नयाँ वर्गीकरण अनुसार मध्यम अर्थात् ‘ग’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः २५ ।– त्यसै गरी दुर्गम अर्थात् ‘ख’ वर्गीकरणमा परेका पालिका १३ र अति दुर्गम अर्थात् ‘क’ वर्गीकरणमा परेका पालिकाको सङ्ख्या ः ४६ रहेका छन् ।१४. नेपाल सुपर लिग (एनएसएल)– २०८० को उपाधि जित्ने टिम कुन हो ? ललितपुर सिटी एफसी (उपविजेता ः धनगढी एफसी)१५. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ? भीमशमशेर१६. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ? विसं २०७४ भदौ ५१७. नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटमध्ये डिसिपीको लाइसेन्स पाउन सफल पाइलट को हुन् ? दीपु ज्वार्चन– नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट ज्वार्चन न्यारोबडी जहाज ए ३२० मोडेलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डिसिपी) को लाइसेन्स पाउन सफल हुनुभएको छ । – यससँगै अब ज्वार्चनले नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ए ३२० का पाइलटको परीक्षा लिन र त्यसको जाँच गर्न पाउनु हुन्छ । उहाँ प्रशिक्षक पाइलटसमेत हुनुहुन्छ । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परीक्षणको काम गर्न डिसिपी नै हुनु पर्दछ । नेपालमा डिसिपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउँदै आइएको थियो ।१८. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ? विसं २०७७ फागुन २२ प्रस्तुतकर्ता ः टङ्क केसी
धौवादीको फलाम आयात प्रतिस्थापन गर्ने लक्ष्य
मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रिmया अघि बढाएको छ ।
प्रशासनिक सङ्घीयता कार्यान्वयन हुँदै,पाँच हजार दरबन्दी स्वीकृत
बागमती प्रदेशका विभिन्न मन्त्रालय, निकाय र मातहतका कार्यालयको गरी पाँच हजारभन्दा बढी कर्मचारी दरबन्दी रहने भएको छ । प्रदेशको मन्त्रीपरिषद्बाट मन्त्रालय, आयोग र कार्यालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनहरूका आधारमा सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको हो ।
धाप ड्यामले फेरिएको जीवन
टिनका साना टहरामा दुई वटा कोठा छन् । पछाडि पट्टि भान्सा र अगाडि खाना खाने ठाउँ छ । भान्सामा स्थानीय राजेन्द्र गुरुङ र उहाँका भाइलाई भ्याइ नभ्याइ छ । एकातिर कराहीमा ट्राउट माछा तारिँदै थियो
सर्वोच्च अदालतमा पुनरावेदन
तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध आफूले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
बागमतीमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित
कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन्।
ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैनः मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताउनुभएको छ ।
सोह्रौँ पञ्चवर्षीय योजनाबारे छलफल
राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले सोह्रौँ पञ्चवर्षीय राष्ट्रिय विकास योजनामा दिगो विकास लक्ष्य प्राप्ति, शासकीय सुधार र सुशासन, सामाजिक न्यायका सन्दर्भमा आफ्नो अधिकार क्षेत्रभित्रका विषय समेटेर प्रतिवेदन तयार गरेको छ ।
नेप्से परिसूचक बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ ।
पशुपति मन्दिरमा स्तनपानकक्ष सञ्चालन
पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्षको स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गर्नुभयो ।
नीति स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारीहरू उत्साहित भएर काम गर्न नसकेको बताउनुभएको छ ।
व्यक्ति विशेषलाई नहेरी विधि र प्रक्रिया ठिक अपनाऔँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बहुमत प्राप्त प्रधानमन्त्रीको अधिकारलाई पन्छ्याएर गरिने निर्णय प्रक्रिया व्यवहारिक नहुने बताउनुभएको छ ।
सत्य निरुपण विधेयक परिमार्जन गर्छाैं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताउनुभयो ।
केएमसी चिकित्सक निलम्बन: समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा.विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ ।
सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टीकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पानीघट्टले धानेको स्याङ्तान दम्पतीको जीवन
ढुङ्गा र माटोले बनेको गाह्रो माथि जस्तापाताले छाएको एकपाखे सानो झुपडीमा पानी घट्टको आवाज निरन्तर सुनिन्छ । सोही घट्टको घुमाइसँगै पिसेको मकैको ज्यालाबाट नरबहादुर स्याङ्तान र जोगमायाको जीवन निर्वाह हुँदै आएको छ ।
श्रमिकलाई आर्थिक भार पर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणाको तयारी गर्दैछौँ : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकको तयारी गरिरहेको बताउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
रियल गोर्खा बचत ठगी प्रकरण : पीडितलाई सम्पर्कमा आउन अनुरोध
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।