नेपालद्वारा हङकङ पराजित
त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो ।
सल्लाघारीमा च्याङ्ग्रादेखि खसी लिनेसमम्मको भीड
भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँ, काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ ।
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
खानपानमा ध्यान दिन चिकित्सकको सुझाव
चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरूले ध्यान दिन सुझाव दिएका हुन् ।
राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टिका ग्रहण गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षिया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजया दशमीको टिका ग्रहण गर्नुहुने भएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु एक घाइते
त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीम फेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो ।
हामीलाई पछाडि फर्किने या रुमलिने छुट छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट नभएको बताउनुभएको छ । शनिबार नेपालीहरूको महान् पर्व विजयादशमीको शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
एकीकृत बस्ती तथा आवास निर्माण कार्यक्रम,दुई वर्षमा चौध घर बन्यो
। बागमती प्रदेश सरकारले लक्षित वर्गका लागि सुरु गरेको एकीकृत बस्ती तथा आवास निर्माण कार्यक्रमको कार्यान्वयन नै सुस्त बनेको छ । यो कार्यक्रम मकवानपुर, चितवन र धादिङ जिल्लामा बसोबास गर्ने चेपाङ, वनकरिया,
दसैँ मनाउन गाउँ फर्किनेको लर्को (फोटो फिचर)
नेपालीहरुको महान चाड बडा दसैं मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ ।
कारागारका बन्दीलाई पालिकाको सहयोग
मकवानपुरको दुई गाउँपालिकाले विजया दशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई नगदसहित खसी र खाद्यान्न प्रदान गरेका छन् ।
आमाबुवा बितेपछि चार छोराको बिचल्ली
रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरकी ४१ वर्षीया गीता बसेलले गत वर्षको दसैँको नवमीका दिन आत्महत्या गर्नुभयो । उहाँका श्रीमान् ४६ वर्षीय भक्तबहादुर बसेलको पनि श्रीमतीको निधन भएको एक वर्षपछि यही असोज १७ गते जन्डिस रोगबाट निधन भयो । उहाँहरूका चार छोरा अहिले बिचल्लीमा परेका छन् ।
ऋण काढेर दसैँ मनाउँदै चेपाङ समुदाय
जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन् ।
बस दुर्घटना ३६ जना घाइते , दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयाे
हेटौँडा–धरान चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । उनीहरू मध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
चाडपर्व सुरक्षित बनाउन प्रहरीको सक्रियता
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीले रात्रिकालीन पैदल गस्ती सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडपर्वलक्षित सुरक्षा योजना अनुसार हेटौँडा बजारसहित मकवानपुरका विभिन्न स्थानमा रात्रिकालीन पदैल गस्ती सुरु गरिएको हो ।
सहमति सम्बोधन गर्न आन्तरिक गृहकार्य
स्थानीय तहमा कार्यरत कर्मचारी र सरकारबिच गत साता भएको १९ बुँदे सहमति सम्बोधन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेको छ । स्थानीय तहका कर्मचारीसँग भएको सम्झौता सम्बोधन गर्न सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई परिमार्जन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य गर्न लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
दसैँको किनमेल गर्नेको भिड
काठमाडौँको नयाँ सडक र आसपासका क्षेत्रमा दसैँको किनमेल गर्नेको भिड अझै घटेको छैन । नयाँ सडकका गल्लीसँगै असन, इन्द्रचोक, भोटाहिटी क्षेत्रमा कपडा, मरमसलालगायतका सरसामान किनमेल गर्नेको घुइँचो बढेको छ । एक सातायता नयाँ सडक, असन, रत्नपार्क भोटाहिटी, जमल, सुन्धारा क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड छ । फूलपातीको अघिल्लो दिन भएकाले पनि शुक्रबार निकै भिड देखिन्थ्यो । बजारमा भिडभाडका कारण किनमेल गर्नेलाई सडक वारपार गर्न धौधौ भएको थियो ।
विशेष अदालत नियमावली : मुद्दा दर्तासँगै कार्यतालिका बन्ने
अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको २१ वर्षपछि विशेष अदालतले नियमावली पाएको छ । २०५९ असारदेखि ऐन कार्यान्वयन आए ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली २१ वर्षपछि जारी भएको हो । मन्त्रीपरिषद्ले नियमावली स्वीकृत गरेसँगै असोज २५ गते नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ । नियमावलीले अदालत व्यवस्थापन, पेसी व्यवस्थापन, पूर्ण बैठक, कर्मचारीको उत्तरदायित्व र जवाफदेहितालगायतका विषय समेटिएका छन् ।
घाइते भएका ३६ जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै
मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा शुक्रवार ४ बजेर २० मिनेट जाँदा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते हुनुभएको छ । उहाँहरुको उपचार मकवानपुरको हेटौडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रधानसेनापति शर्मा चीन जाँदै
प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
मकवानपुरमा बस दुर्घटना : १५ जना घाइते, पाँचको अवस्था गम्भीर
मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते हुनुभएको छ ।
‘गजल यात्रा–४’ प्रकाशित
नेपाली गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।