• ३० वैशाख २०८२, मङ्गलबार

मकवानपुरमा बस दुर्घटना : १५ जना घाइते, पाँचको अवस्था गम्भीर

blog

मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा दुर्घटना भएको यात्रुवाहक बस । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, कात्तिक ३ गते ।
मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते हुनुभएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।

हेटौँडा–धरान–चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो । पाँच जना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।