• ३० वैशाख २०८२, मङ्गलबार

बस दुर्घटना ३६ जना घाइते , दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयाे

blog

राममणि दाहाल

हेटौँडा, कात्तिक ४ गते । हेटौँडा–धरान चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ मा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । उनीहरू मध्ये  दुई जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

हेटौँडा बजारबाट शुक्रवार दिउँसो बकैया गाउँपालिकाको जुरेलीतर्फ जाँदै गरेको ना४ख ३९८८ नम्बरको बस दुर्घटना हुँदा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस सडकबाट अन्दाजी १०-१५ मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले बकैया गाउँपालिका ५ का सावित्री चौलागाईसहित दुई जनालाई हेटौँडामा उपचारपछि थप उपचारका लागि काठमाडौँको मनमोहन अस्पतालमा थप उपचारका लागि पठाइएको बताउनुभयो । 

३४ वर्षीया चौलागाईको टाउकोमा चोट लागेको छ । उहाँका अनुसार घाइतेमध्ये केही सामान्य अवस्थाका उपचारपछि घर फर्किएका छन् । घाइते मध्ये केहीको सन्चो अस्पतालमा र अधिकांशको हेटौँडा अस्पतालमा उपचार भएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बस आफै अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो ।

दुर्घटनापछि स्थानीय र प्रहरीले यात्रुको उद्धार गरेका थिए । साथै राजमार्गमा अवरोध नरहेको र सुचारु रहेको प्रहरी प्रमुख रिजालले बताउनुभयो । दुर्घटनामा परी मकवानपुरको बकैया गाउँपालिका ६ सुधाका वर्ष ३१ की सुभद्रा सुनार टाउको दुवै खुट्टा र हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

सुनारका छोरा वर्ष छ का सफल बिक, बकैया ५ का वर्ष ३२ सौगात लामा, निजको छोरी वर्ष ६ की शारदा बोलन घाइते भएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बकैया ७ का वर्ष २० की शुष्मा माझीको  टाउको छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको छ । 

बकैया ५ का वर्ष ६३ का रामप्रसाद चौलागाई, बकैया ७ ज्यामिरेमा वर्ष १५ का रविन बल, छतिवनकी वर्ष ३४ की चन्द्रमाया रुम्बा, निजको छोरी, वर्ष ४० का वीरबहादुर रुम्वालगायतको अवस्था मध्यम रहेको छ । साथै घाइतेहरू अधिकांशको अवस्था मध्यम रहेको छ । साथै घाइतेमध्ये अधिकांश बकैया गाउँपालिकाका रहेका छन् । घाइतेको अवस्थाका बारेमा हेटौँडा अस्पतालमा पुगेर बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभएको थियो ।