सर्वोच्च अदालतमा पुनरावेदन
तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध आफूले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
बागमतीमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित
कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन्।
ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैनः मन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताउनुभएको छ ।
सोह्रौँ पञ्चवर्षीय योजनाबारे छलफल
राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले सोह्रौँ पञ्चवर्षीय राष्ट्रिय विकास योजनामा दिगो विकास लक्ष्य प्राप्ति, शासकीय सुधार र सुशासन, सामाजिक न्यायका सन्दर्भमा आफ्नो अधिकार क्षेत्रभित्रका विषय समेटेर प्रतिवेदन तयार गरेको छ ।
नेप्से परिसूचक बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ ।
पशुपति मन्दिरमा स्तनपानकक्ष सञ्चालन
पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्षको स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गर्नुभयो ।
नीति स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारीहरू उत्साहित भएर काम गर्न नसकेको बताउनुभएको छ ।
व्यक्ति विशेषलाई नहेरी विधि र प्रक्रिया ठिक अपनाऔँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बहुमत प्राप्त प्रधानमन्त्रीको अधिकारलाई पन्छ्याएर गरिने निर्णय प्रक्रिया व्यवहारिक नहुने बताउनुभएको छ ।
सत्य निरुपण विधेयक परिमार्जन गर्छाैं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरू राखेर परिमार्जन गर्ने बताउनुभयो ।
केएमसी चिकित्सक निलम्बन: समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा.विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिनुभएको भएको छ ।
सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सब इन्जिनियर (करार) टीकाराज राईसहित दुई जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पानीघट्टले धानेको स्याङ्तान दम्पतीको जीवन
ढुङ्गा र माटोले बनेको गाह्रो माथि जस्तापाताले छाएको एकपाखे सानो झुपडीमा पानी घट्टको आवाज निरन्तर सुनिन्छ । सोही घट्टको घुमाइसँगै पिसेको मकैको ज्यालाबाट नरबहादुर स्याङ्तान र जोगमायाको जीवन निर्वाह हुँदै आएको छ ।
श्रमिकलाई आर्थिक भार पर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणाको तयारी गर्दैछौँ : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले आन्तरिक रोजगारी प्रवर्द्धन दशकको तयारी गरिरहेको बताउनुभएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।
रियल गोर्खा बचत ठगी प्रकरण : पीडितलाई सम्पर्कमा आउन अनुरोध
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
जनसङ्ख्या : ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय
एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको जनसङ्ख्या नियन्त्रणका लागि राज्यका धेरैवटा संरचना यही काममा लामो समय व्यस्त रहे ।
शान्ति समाजको संरचनामा ४० प्रतिशत महिला अनिवार्य
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व रहेकाले अब ४० प्रतिशत पु¥याउने सङ्कल्प प्रस्ताव पारित भएको छ ।
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवाद : पाँचवर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।
चितवन उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ निर्वाचित
उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलवार बिहान सकिएको मत गणना अनुसार श्रेष्ठले झन्डै दोब्बर मत अन्तरले शिरीष पन्तलाई पछाडि पार्दै विजयी हुनु भएको हो ।
भीम पुस्तकालय सञ्चालनमा ल्याइने
दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित भीम पुस्तकालय पुनः सञ्चालनमा ल्याइने भएको छ । जिल्लाकै जेठो पुस्तकालयका रूपमा रहेको सो पुस्तकालयको भवन भूकम्पले भत्किएपछि सार्वजनिक प्रयोगमा आउन सकेको थिएन । पुस्तकालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेकाले चाँडै सञ्चालनमा आउने स्थानीय एवं समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीलाई खुत्रुके
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा राखेको खुत्रुकेमा सङ्कलित रकमले विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् ।
ओझेलमा बाह्र सय पल्टन डाँडा
दोलखाको बिगु गाउँपालिका स्थितको १२ सय पल्टन डाँडा (तामाङ भाषामा थोबा भनिने ) ओझेलमा परेको छ । ऐतिहासिक मात्र नभएर पर्यटकीय महत्वको यस डाँडालाई प्रवर्द्धन गर्नु पर्ने माग स्थानीयबासी गरेका छन् ।
शिक्षक कर्मचारीमाथि शोषण : तलब दिँदैनन् निजी क्याम्पस
पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ । काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको छ । काममा लगाएर पनि तलब भत्ता नदिने यस्ता शैक्षिक संस्थालाई कारबाही तथा आफूहरूको पारिश्रमिक दिलाइदिन माग गर्दै शिक्षकहरूले काठमाडौँको जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई समेत गुहार्न थालेका छन् ।