• १७ असार २०८१, सोमबार

चितवन उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ निर्वाचित

blog

उद्योग वाणिज्य सङ्घ चितवनको निर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठ । तस्बिरः सालिग्राम नेपाल

वसन्त पराजुली

चितवन, पुस २४ गते ।  उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलवार बिहान सकिएको मतगणना अनुसार श्रेष्ठले झन्डै दोब्बर मतान्तरले शिरीष पन्तलाई पछाडि पार्दै विजयी हुनुभएको हो । 

मत परिणाम अनुसार सुमनकुमार श्रेष्ठ एक हजार ५१५ प्राप्त गर्नुभएको थियो भने पन्तले आठ सय ४३ प्राप्त गर्नुभएको थियो । त्यसै गरी निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष 

चिरञ्जीवी सुवेदी, उपाध्यक्ष वाणिज्यतर्फ, राजेन्द्र ओली, उपाध्यक्ष उद्योगतर्फ अशोक अधिकारी, उपाध्यक्ष कर्पोरेटतर्फ नारायण प्रधान निर्वाचित हुनुभएको छ । 

कार्यसमितिमा अन्य सदस्य पनि निर्वाचित भएका छन् ।