• २८ वैशाख २०८३, सोमबार

सरसफाइ सप्ताह २०८३ आजदेखि सुरु (फोटो फिचर)

blog

सरसफाइ सप्ताह २०८३ का लागि वीर अस्पताल परिसरमा सरसफाइ गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेता । तस्बिरः सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २८ गते। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते सोमबारदेखि देशभर  ‘सरसफाइ सप्ताह २०८३’ मनाउने अभियान सुरु गरेको छ । 

सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्था समेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशनसमेत दिएको छ।