• १२ असार २०८१, बुधबार

श्रमिकलाई आर्थिक भार पर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफलमा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको शुल्क श्रमिकहरूबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

मङ्गलबार दिउँसो सिंहदरबारमा श्रम मन्त्रालयसँग भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

मन्त्रालयका मन्त्री, सचिव र अन्य सरकारी कर्मचारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउनुहुँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला । आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।”