संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा
सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी हुनुहुन्थ्यो ।
बुस्ती पुल मर्मतपछि सञ्चालन
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा रहेको बुस्ती झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको छ । विसं १९९३ मा निर्मित एन आकारको स्कटिस प्रविधिमा निर्मित यो पुल मर्मतपछि सञ्चालनमा आएको नगरपालिकाका सहायक इन्जिनियर लीलाबहादुर जिरेलले जानकारी दिनुभयो ।
इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते
काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको ज्यान भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।
आर्थिक सूचकाङ्क सन्तोषजनक
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो महिनामा पनि शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता २३ अर्ब ५० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३६ अर्ब ८४ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा रहेको छ ।
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम
यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो वर्षको मनसुन आइतबारदेखि नेपालबाट बाहिरिएको थियो । मनसुन अवधिमा बाढीपहिरो, भीषण वर्षा, चट्याङसहितको विपत्मा परेर १६८ जना घाइते भएका छन् । त्यस्तै अझै ३० जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी पहिरोमा परेर ४५ जनाको ज्यान गएको बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा नघट्ने
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपियाँ र डिजेल प्रतिलिटर पाँच रुपियाँ घटाए पनि सार्वजनिक सवारी साधनको भाडा भने नघट्ने भएको छ ।
प्रहरी सेवालाई जनमैत्री बनाउनु आवश्यक : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई जनमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बदलिँदो अवस्थाअनुसार सूचना र प्रविधिको प्रयोग गर्दै प्रहरी सेवालाई अब्बलसँगै प्रहरीमा रूपान्तरण आवश्यकभएको बताउनुभयो ।
स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि क्यान्सर परीक्षणमा तीव्रता
स्तन तथा पाठेघर मुखको क्यान्सर न्यूनीकरणका लागि क्यान्सर परीक्षणमा तीव्रता दिनुपर्नेमा जोड दिइएको छ ।
विभिएसद्वारा कान्ति बाल अस्पताललाई बर्न वार्ड स्थापनाका लागि १९ उपकरणहरू हस्तान्तरण
अग्नि हिंसापीडित नेपाल (विभिएस)ले कान्ति बाल अस्पताललाई आइसियु बर्न वार्ड स्थापनाका लागि आवश्यक विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ । आज (मंगलबार) एक औपचारिक कार्यक्रमकाबिच अस्पतालका निर्देशक डा.पङ्कज रायलाई विभिएसले १९ वटा उपकरणहरू हस्तान्तरण गरेको हो ।
सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि चीनसँग सहकार्य गर्न उपप्रधानमन्त्रीको जोड
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
‘भेदभाव र छुवाछुत हटाउन सञ्चार माध्यमबाट पहल होस्’
राष्ट्रिय सञ्चार माध्यमले जातीय भेदभाव तथा छुवाछुतका घटनाको उठान गर्ने गरे पनि त्यसको समाधानका लागि पनि ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
इजरायलबाट थप १९ जना नेपालीको उद्धार
आतङ्कवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एनआरएनएको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
देवगण नवदुर्गा सिद्ध गर्ने भक्तपुरको मोहनी नखाः
आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाका दिनसम्म नवदुर्गा भवानीलाई आह्वान गरी मनाइने चाड हो बडादसैँ । यहाँ नेवार समुदाय बडादसैँलाई मोहनी नखाः का रूपमा मनाउँछन् ।
जनताले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ ।
एनआरएनए सम्मेलन-अब कुरा भन्दा काम थालौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गर्नुभएको छ ।
पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि
विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः निर्माण प्रक्रियामा छन् ।
‘काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन’ प्रदर्शनी
काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ ।
ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
धान भित्र्याउन व्यस्त भक्तपुरका किसान
भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन व्यस्त देखिएका छन् । दसैँ सुरु भएसँगै भक्तपुरका किसानहरू खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन् ।
सामाजिक सद्भाव अभिवृद्धिमा चाडपर्वको भूमिका महत्त्वपूर्ण : अध्यक्ष झा
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिनुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
युवा सङ्घ नेपालले कात्तिक २५ देखि पब्जी प्रतियोगिता गर्ने
नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।
नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनालाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा आज (मङ्गलबार) भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गर्नुभएको हो ।