स्वदेशमा उत्पादित वस्तुको प्रयोग बढाऔँ : मन्त्री गुरुङ
सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
दुधौलीका किसान आफैँ तावाखोलाको कटान नियन्त्रण गर्दै
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–७ स्थित तावा खोलाको कटानले बर्सेनि उर्वर जमिनको कटान र बस्ती नै जोखिममा परेपछि यतिखेर स्थानीय आफैँ उक्त खोलाको कटान नियन्त्रणमा जुटेका छन् ।
भारतीय विदेशमन्त्री स्वदेश फिर्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।
नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था छैन : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
चिसो बढ्न थालेपछि बन्दीलाई न्यानो कपडा
चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरूसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
ऐतिहासिक पदमार्गको प्रचारका लागि सेनाको एकीकरण पदयात्रा
नेपाल एकीकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ ।
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब
नेपाल र भारतबिच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । वर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ ।
काठमाडौँ-तराई द्रुतमार्गको निर्माण सुस्त, प्रगति २९ प्रतिशतमै सीमित
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेश द्रुतमार्गको प्रगति सुस्त छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको असोज मसान्तसम्मको भौतिक प्रगति २९ दशमलव १४ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी
बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो ।
हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
दोलखाको सदरमुकाम चरीकोटमा हाडजोर्नी तथा नसासम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ ।
बिस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
६६ वर्षीय गुरुङको स्वर प्रशंसनीय
६६ वर्षको उमेरमा पनि नयाँ नयाँ गीत रेकर्डिङ गरेर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनु भएका वरिष्ठ गायक शशी गुरुङको प्रयास प्रशंसनीय छ।
हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी
चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो ।
राष्ट्रियहित प्रतिकूल सम्झौता गर्ने कल्पना पनि गर्न सक्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताउनुभएको छ।
भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजाआज गर्नुभएको छ ।
काठमाडौँ जोड्ने छोटो दुरीको छैमले–दक्षिणकाली सडक चैतसम्म बन्द
मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दुरीको छैमले सिस्नेरी–छैमले– दक्षिणकाली सडक आज शुक्रबारबाट बन्द हुनेभएको छ । यो सडक खण्ड बन्द भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको तीन वटै मार्गमा सवारी आवागमन बन्द भएको छ ।
प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा सहभागी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुनुभएको छ ।
त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन आज
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ ।
ध्रुवे हात्तीले चार घर भत्कायो
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो ।
आम्दानीको मुख्य स्रोत जुनार र सुन्तला
रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका शेरबहादुर तामाङले आफ्नो १४ रोपनी बारीमा जुनार र सुन्तलाको खेती गर्नुभएको छ । अहिले तामाङको बगानमा फलेका जुनार र सुन्तलाका दानाले जो कोहीको मन लोभ्याउँछ । विसं २०५५ बाट कृषिकर्ममा लाग्नुभएका तामाङ पछिल्लो समय राम्रो आम्दानी हुन थालेपछि अहिले विशुद्ध जुनार तथा सुन्तला खेती र त्यसकै नर्सरीमा लाग्नुभएको छ ।
त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त माग
त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान भएको हो ।
इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा २८८ जनाको जागिर खुल्यो
सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ ।
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ।