• २६ वैशाख २०८१, बुधबार

चिसो बढ्न थालेपछि बन्दीलाई न्यानो कपडा

blog

न्यानो कपडा । फाइल तस्बिर

चितवन, पुस २० गते । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरूसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । यस्तै चिसोले समस्या नहोस् भनेर आगो ताप्न दाउराको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ । 

महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरूलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो । यस कार्यालयमा अहिले ४२ महिला र छ सय ६१ पुरुष कैदीबन्दी रहेका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यस कार्यालयमा क्षमताभन्दा झन्डै दुई सय बढी कैदीबन्दी रहेका छन् । चार सय ७५ पुरुषको र ३० जना महिलाको क्षमता रहेको आचार्यले बताउनुभयो । यहाँ छिमेकी जिल्ला नवलपुर (नवलपरासी-बर्दघाट सुस्ता पूर्व)बाट समेत कैदीबन्दी ल्याउने गरिएको उहाँको भनाइ थियो । रासस