उत्पादनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने छौँ
चितवनको कालिका नगरपालिका पहाड र तराईको सम्मिश्रण भएको क्षेत्र हो । यस पालिकाले ठुला कामभन्दा जनताका साना कामलाई उत्पादनसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । पहिले पालिकाको वडा नं.
थामी सङ्ग्रहालय निर्माण सुरु
थामी जातिको उत्पत्तिको रूपमा रहेको दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावती राङराङथलीमा थामी सङ्ग्रहालय निर्माण सुरु भएको छ ।
पशुपतिमा फोटो खिच्न निषेध
पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । निजी कम्पनीलाई मन्दिर परिसरबाहिरको फोटो र भिडियो खिच्ने जिम्मा दिने कोषको निर्णय र ठेक्कामा भएको सम्झौता अधिकारभन्दा बाहिर गएर उक्त कम्पनीले सूचना जारी गरेपछि तीव्र आलोचना भएको हो ।
उमेर नमिल्दा बालगृहमा झडप
डेढ वर्षभित्र विभिन्न छ वटा बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए । क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ । देशका नौ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन् । बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रुपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या सुरु भएको हो ।
उपचाररत तिम्सिनाको अस्पतालबाट उद्धार
उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आउनुभएका इलामको माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचन : एमालेले सबै सिटमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भिडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सफाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’
माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ ।
ललितपुर महानगरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । ललितपुर महानगरले आयोजना गरेको उक्त प्रतियोगिताको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको छ ।
त्रिविका कानुनी समस्याप्रति प्रत्यायोजित विधायन समितिको चासो
राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ ।
राष्ट्रिय सभा निर्वाचन : हेटौँडामा ३३७ मतदाता कायम
हेटौँडामा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने क्रममा आज शुक्रबार यहाँ सर्वदलीय बैठक बसेको छ ।
स्वदेशमा उत्पादित वस्तुको प्रयोग बढाऔँ : मन्त्री गुरुङ
सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरूको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
दुधौलीका किसान आफैँ तावाखोलाको कटान नियन्त्रण गर्दै
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–७ स्थित तावा खोलाको कटानले बर्सेनि उर्वर जमिनको कटान र बस्ती नै जोखिममा परेपछि यतिखेर स्थानीय आफैँ उक्त खोलाको कटान नियन्त्रणमा जुटेका छन् ।
भारतीय विदेशमन्त्री स्वदेश फिर्ता
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।
नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था छैन : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
चिसो बढ्न थालेपछि बन्दीलाई न्यानो कपडा
चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरूसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
ऐतिहासिक पदमार्गको प्रचारका लागि सेनाको एकीकरण पदयात्रा
नेपाल एकीकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ ।
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक नौ खर्ब
नेपाल र भारतबिच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । वर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ ।
काठमाडौँ-तराई द्रुतमार्गको निर्माण सुस्त, प्रगति २९ प्रतिशतमै सीमित
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेश द्रुतमार्गको प्रगति सुस्त छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको असोज मसान्तसम्मको भौतिक प्रगति २९ दशमलव १४ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी
बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो ।
हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
दोलखाको सदरमुकाम चरीकोटमा हाडजोर्नी तथा नसासम्बन्धी तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ ।
बिस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।