राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिनुहुने
विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।
दुई किलो चिनी किन्न धादिङका उपभोक्ता काठमाडौँमा
बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् ।
दसैँमा २० लाखले उपत्यका छोड्ने
दसैँ सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ ।
निर्माण व्यवसायीको छ अर्ब भुक्तानी हुने
गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपिया भुक्तानी हुने भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको वसुन्धरास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको छ । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गर्नुभएको हो ।
डायलासिस उपचारमा तीव्रता
मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मृगौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।
दसैँमा मौसम सामान्यतया सफा रहने
जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने छ ।
नेपालकाे लगातार दोस्रो जित, फाइनल नजिक
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ ।
अपराजित नेपाल सेमिफाइनलमा
नेपाल बिहीबार सउदी अरबलाई एकपक्षीय खेलमा ३०१ रनले हराएर एसिसी यु–१९ प्रिमियर कपको समिफाइनलमा पुगेको छ ।
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त : मन्त्री शर्मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ ।
मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति
सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
मकैको पिठो र च्याँख्ला बेचेर मनग्गे आम्दानी
सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–१२ का महिलाहरूलाई अहिले माग बढेपछि मकैको च्याँख्ला बढाउने र बजारमा पुर्याउन भ्याई नभ्याई छ ।
टिपर सञ्चालनमा रोक
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो ।
नेता कार्यकर्तालाई अनुशासित हुन निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको उहाँको भनाइ छ ।
मानव बेचबिखन न्यूनीकरणका लागि समन्वयात्मक भूमिका हुनुपर्ने
मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी विकासका साझेदार संस्थाहरूबिच समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको छ ।
समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ ।
बालश्रममा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन हुँदै
विज्ञको सुनुवाइ परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रमको क्षेत्रमा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन गर्ने कार्य भइरहेको छ ।
ज्येष्ठ नागरिक ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको सम्मान र मर्यादित जीवनका लागि ज्येष्ठ नागरिक ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।
दसैँ अवधिभर टिपर चलाउन नपाइने
जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले दसैँको समयावधिमा जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला समन्वय प्रमुख, सुरक्षा निकाय, टिपर तथा यातायात व्यवसायीको बुधबार बसेको बैठकले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
जनताबाट अलग भएर रूपान्तरणका काम गर्न सकिँदैन : उपाध्यक्ष भुसाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रूपान्तरणका काम गर्न नसकिने बताउनुभएको छ ।
रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित
कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
नेपाल-अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात
नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।