• २० असार २०८२, शुक्रबार

मण्डलामा ‘हराएको कुकुर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते  । मण्डला थिएटरमा असार २१ गतेदेखि नाटक ‘हराएको कुकुर’ मञ्चन हुने भएको छ । नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गरेको छ । कुकुर हराएको सामान्य घटनाबाट सुरु हुने  कथा क्रमशः एउटा गम्भीर सामाजिक–राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । 

‘हराएको कुकुर’ ले एउटा सरल खोजीको कथा मात्र होइन, नागरिक चेतनालाई झकझक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्छ । साउन ४ गतेसम्म मञ्चन हुने नाटकको निर्देशक मणि कुलुङ राई हुनुहुन्छ । कथा तथा परिकल्पनासमेत उहाँकै रहेको नाटकलाई रविन तामाङले नाट्य रूपान्तरण गर्नुभएको छ । 

नाटकमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय रहने छ ।