• २१ वैशाख २०८१, शुक्रबार

नेमकिपाद्वारा बागमतीमा चारजनाको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गराएपछि नेमकिपाका उम्मेदवारहरु । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस २३ गते ।
राष्ट्रियसभा सदस्य निर्वाचनको रिक्त हुने पदमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीबाट चार जनाको उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार नेमकिपाले रिक्त चार वटै क्षेत्र (क्लष्टर) मा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएको हो ।

हेटौँडा–५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेमकिपाका नेता तथा कार्यकर्तासहित पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

नेमकिपाले अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मूल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराउनुभएको छ । चार जनामध्ये एक जनाले वारिसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो ।