• ३० वैशाख २०८२, मङ्गलबार

बुस्ती पुल मर्मतपछि सञ्चालन

blog

दोलखा समाचारदाता 

दोलखा,कात्तिक  १ गते । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा रहेको बुस्ती झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको छ । विसं १९९३ मा निर्मित एन आकारको स्कटिस प्रविधिमा निर्मित यो पुल मर्मतपछि सञ्चालनमा आएको नगरपालिकाका सहायक इन्जिनियर लीलाबहादुर जिरेलले जानकारी दिनुभयो ।

जीर्ण भएर थन्किएको यो पुल करिब सात लाख रुपियाँमा लट्ठा, फलामे फल्याकलगायतको मर्मत गरेपछि सञ्चालनमा आएको हो । पुल जीर्ण भएर मानिस हिँड्न नसक्ने भएपछि करिब थप एक घण्टा हिँडेर आवतजावत गर्ने गरिएको थियो । नदी वारिपारिका करिब एक सय घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित भएका छन् । नगरपालिकाभित्र रहेका २४ वटा झोलुङ्गे पुल १३ करोड रुपियाँमा मर्मत गरेर सञ्चालनमा आएका छन् । सहायक इन्जिनियर जिरेलले भन्नुभयो, “पुलको रेखदेखका लागि २४ जना पुल हेरालु नियुक्ति गरिएको छ । उनीहरूलाई पुल संरक्षणसम्बन्धी एकदिने सैद्धान्तिक र प्रयोगात्मक तालिम पनि दिइएको छ ।”