काठमाडौं, असोज ३० गते । काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा ‘मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी भइरहेको छ ।
आइडिया बैङ्क अर्थात् नवीनतम सोचलाई लगानीसँग जोड्ने तथा नवप्रर्वतक, उद्यमी व्यवसायीको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका अनुसार आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएका छन् । यसरी छानिएका आइडियाहरू मंगलबार प्रदर्शन भइरहेको हो ।
महानगरको सहरी योजना आयोगले आयोजना गरेको प्रदर्शनीमा आइडिया र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा) हुने र यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी हुने गर्दछ ।
‘स्पीड डेटिङ्’ विधिबाट अन्तरक्रिया हुनु ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।