चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा आज ललितपुरमा आयोजित सरोकारवालाबीचको अन्तक्र्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री शर्माले चलचित्रकर्मीले भोगेका अनुभूति, परेका समस्या सल्ट्याउने गरी प्राप्त सुझावको आधारमा विधेयक निर्माण गरी संसद्मा पेश गरिने बताउनुहुँदै सुझाव दिन अनुरोधसमेत गर्नुभयो ।
जथाभावी फोहोर गर्ने कुकुरसहित मालिक छड्केमा
बिहान झिसमिसेमा कुकुरलाई सार्वजनिक सडक र स्थलमा फोहोर गराउने मालिकहरु कुकुरसँगै काठमाडौं महानगरपालिकाकोे फन्दामा परेका छन् ।
काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ ।
दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो/भिडियो)
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको छ ।
मीनाको खुसी फर्किंदा...
दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ ।
चालिस हजार दुध किसानको बाइस करोड भुक्तानी बाँकी
चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो ।
आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।
राष्ट्रपतिले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको छ ।
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताउनुभएको छ ।
उपराष्ट्रपतिद्वारा समृद्धिका लागि क्रियाशील हुन आग्रह
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गर्नुभएको छ ।
पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिकः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।
पचासी वटा कृषि पकेटक्षेत्र बनाउने तयारी
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मूलतः कृषिमा आधारित उद्यमशीलता विकासमा जोड दिएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बिहीबारदेखि सुरु भएको ११ दिने बृहत् रामेछाप महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।
नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।
भन्सार छली ल्याएका गाडीहरू बरामद
प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएका नौ गाडीहरू बरामद गरेको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने दुई पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम चवन्न वर्षमा
मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४ औँ वर्षमा प्रवेश गरेको छ ।
पाँचखाल नगरको चार विधेयक पास
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आज सम्पन्न १४ औँ नगर सभाले चार विधेयक पास गरेको छ । नगरप्रमुख महेश खरेलले पेस गर्नुभएको दुई विधेयक संशोधन प्रस्ताव र दुई नयाँ विधेयक नगर सभा सदस्यले सर्वसम्मत पास गरेका हुन् ।
नेपालको उत्तरगया धाममा श्राद्ध गर्ने भक्तजनको भिड
पौषकृष्ण औँसीका अवसरमा बिहीबार नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन ।
‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ
क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजित हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
कोरोना बिमा बापतको भुक्तानी अनिश्चित
कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो ।
गैँडा तस्करी अभियोगका चार जना फरार अभियुक्त पक्राउ
गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव हुने
माघे सङ्क्रान्तिको अवसरमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो ।
एक वर्षमा सात ऐन जारी
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुसार बागमती प्रदेश सभाको दोस्रो निर्वाचनपश्चात् वर्तमान प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ ।