• ११ मंसिर २०८१, मङ्गलबार

भन्सार छली ल्याएका गाडीहरू बरामद

blog

काठमाडौं, पुस २६ गते । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएका नौ गाडीहरू बरामद गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार अपरिचित व्यक्तिहरूले विभिन्न गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी नेपालमा ल्याइ काठमाडौँको विभिन्न स्थानहरूमा बेवारिसे अवस्थामा छाडेको अवस्थामा ती सवारी साधनहरू बरामद गरिएको छ । 

प्रहरीका अनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ती सवारी साधनहरू त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँ पठाइएको छ ।