• १९ असार २०८१, बुधबार

राष्ट्रपतिले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने

blog

काठमाडौँ, पुस २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने भएको छ । 

राष्ट्रपति पौडेलले शुक्रवार बिहान ८ः ४५ बजे नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।