• १२ साउन २०८१, शनिबार

दसैँ मनाउन गाउँ फर्किनेको लर्को (फोटो फिचर)

blog

काठमाडौँका कोटेश्वर, नयाँ बसपार्क, जडीबुटी, गोङ्गबु, बालाजु, कलङ्की लगायतका क्षेत्रमा दसैँ मनाउन गाउँ फर्किनेको भीड । तस्बिर : कबिन अधिकारी

काठमाडौं, कात्तिक ४ गते । नेपालीहरुको महान चाड बडा दसैं मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ ।

काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ । दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दसैं, तिहार, छठ मनाउन उपत्यका छोड्नेहरुको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।