शान्ता अधिकारी
चितवन, कात्तिक ४ गते । भरतपुर ओरालोको भाटभटेनीनजिक शनिबार अपरान्ह एक जना अपरिचित मानिस मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर –१० भाटभटेनीनजिक नहरछेउको एक खावामा मृत अवस्थामा एक व्यक्ति फेला परेका हुन् ।
शनिबान १ः३५ बजेको समयमा मृत मानिस रहेको जानकारी प्रहरीमा प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट सो स्थानमा टोली पुगेर लाशको सनाखत मुचुल्का गरेको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।
प्रवक्ता पण्डितका अनुसार मृतक भरतपुर –१० बस्ने अन्दाजी वर्ष ४५ को प्रकाश आलेमगर भएको खुल्न आएको छ । शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।