• १३ साउन २०८१, आइतबार

कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा : पति–पत्नीले पनि पाउने

blog

काठमाडौँ, पुस २५ गते । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ । अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने जनाएको छ । 

२०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको जनाएको हो । 

उक्त सुविधा लिनका लागि कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको पति र पत्नीको उपचार गराई दाबी गर्नु पर्ने जनाएको छ ।