• १९ असार २०८१, बुधबार

धौवादीको फलाम आयात प्रतिस्थापन गर्ने लक्ष्य

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, पुस २५ गते । मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रिmया अघि बढाएको छ ।  

स्वदेशमा उत्पादन नहुँदा वार्षिक खर्बौं रुपियाँ बराबरको फलाम आयात भइरहेका बेला स्वदेशमा रहेको फलाम खानीलाई उत्खनन गरेर आयातलाई कम गर्ने गरी धौवादी फलाम कम्पनी लिमिटेडले प्रव्रिmया अगाडि बढाएको हो । 

पूर्वी नवलपरासी स्थित हुप्सेकोटमा स्थापित धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलाम खानीबाट दैनिक एक हजार पाँच सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । 

मुलुकमै फलाम उत्पादन हुँदा हाल भइरहेको आयातको एक चौथाइ फलाम आयातलाई कम गर्न सकिने कम्पनीको प्रक्षेपण छ । वार्षिक डेढ खर्ब रुपियाँ बराबरको आयातलाई प्रतिस्थापन गर्न सक्ने अध्ययनले देखाएको छ । 

कम्पनीले खानीको स्रोतको प्राकृतिक मूूल्याङ्कन, औद्यौगिक क्षेत्रको पहिचान, प्रशोधन क्षेत्रको पहिचान, भौगर्भिक नक्साङ्कन, चिप्स सेम्पलिङ्ग, आर्थिक प्राविधिक पक्षको मूल्याङ्कन, ग्रेडिङ कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ । अहिले फलाम खानीमा २२० केभी प्रसारण लाइन पनि सुनिश्चित भएको कम्पनीले जनाएको छ । खानीमा सडक पहुँच विस्तार गर्नुुका साथै बिजुुली लैजाने काम सम्पन्न भएको छ ।  

कम्पनीका प्रमुुख कार्यकारी निर्देशक डा. जनकबहादुुर चन्दले  स्वदेशमा रहेको फलाम उत्पादन गरेर आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्ने लक्ष्यसहित काम अगाडि बढाएको जानकारी दिनुुभयो । 

पूर्वी नवलपरासीको हुुप्सेकोटमा रहेको फलाम खानी उत्खनन गर्न प्राविधिक रूपमा उपयुुक्त देखिएकाले प्रारम्भिक चरणको काम भइरहेको जानकारी दिनुुभयो । स्वदेशमा छरिएर रहेका खानीको उत्खनन गरेर फलाम उत्पादन गर्न सके मुलुकमा रोजगारी सिर्जना गरी आयातलाई न्यूूनीकरण गर्न सहयोग पुुग्ने उहाँको भनाइ छ । खानीबाट दुुई हजार सङ्ख्यामा रोजगारी दिने अनुुमान गरिएको छ । अन्य ठाउँमा रहेका फलामको प्रयोग गरिने भएको छ । 

सो फलाम खानीबाट ८० देखि ९० मेगावाट विद्युत् उत्पादन सक्ने सम्भाव्यता अध्ययनले देखिाएको छ । यस फलाम खानीबाट फलामको धाउ उत्खनन गर्दा सहउत्पादनका रूपमा ठुलो परिमाणमा क्वार्जाइट खनिज निस्कन्छ । यस क्वार्जाइट खनिज निर्माणमुखी खनिजका लागि गुणस्तरीय रहेकाले भौतिक पूर्वाधार निर्माणले कार्यहरूमा हाल देखिँदै आएको अभावलाई यसले पूर्ति गर्नुुका साथै धौवादी फलाम खानी र उद्योगलाई आर्थिक रूपमा मजबुत बनाउन यस सहउत्पादनले सहयोग गर्न सक्ने भएको छ । कारखानाबाट उत्पादन हुने अन्य सहउत्पादनसमेत विभिन्न निर्माण कार्य तथा सिमेन्ट उद्योगमा उपयोग हुने बताइएको छ । खानी उत्खननको प्रारम्भिक चरणको काम सुरु भएकाले आगामी वि.सं २०८३ सालको अन्तिमदेखि उत्पादन सुरु हुने कम्पनीले अनुुमान गरेको छ ।

चालुु आर्थिक वर्षको बजेटमा धौवादी फलाम खानी सञ्चालनका लागि २९ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । फलाम खानी तथा उद्योग स्थापना गरी धातुुजन्य खानी तथा उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्ने, आद्यौगिक तथा आर्थिक विकासमा टेवा पुु¥याउने, नेपालभित्र रहेका अन्य फलाम खानीको अध्ययन तथा अनुुसन्धान गर्ने, रोजगारी सिर्जना तथा राजस्व वृद्धि गर्ने, खानी नयाँ प्रविधिको प्रयोग तथा विकास गर्ने उद्देश्य रहेको छ । 

कम्पनीका अनुसार हाल वार्षिक रूपमा २७ लाख टन फलाम नेपालमा आयात हुने गरेको छ । नेपालमा आयात हुने फलामको प्रमुख हिस्सा भारत र चीनले ओगटेको छ ।