भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व होः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ ।
इन्जिनियरिङ पढ्ने भवन नै जीर्ण
ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ ।
टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’
सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ ।
नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य
काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ ।
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिनुभएको छ । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडाँै महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उहाँले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताउनुभयो ।
त्रिशूलीमा खसेको जीप भेटियो
त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने
कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुने छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९:०० बजे सुरु हुने छ ।
त्रिशूली नदीमा भारतीय गाडी खस्यो
नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मङ्गलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ ।
जिल्लामा सञ्चालित प्रदेशका आयोजना अलपत्र
रामेछापको मन्थली नगरपालिका र जिल्लामा सञ्चालित प्रादेशिक तथा सङ्घीय कार्यालयबिच आयोजनाहरूमा दोहोरोपना हुन नदिने गरी विभिन्न निर्णय गरिएको छ । नगरपालिकाले जिल्लामा सञ्चालनमा रहेका प्रादेशिक तथा सङ्घीय कार्यालयसँग विकास आयोजनाको सञ्चालन र निर्माणको विषयमा जानकारी पनि लिएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कको नगद लाभांश पारित
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैङ्कका १८ औँ वार्षिक साधारण सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।
इपिएस परीक्षा दैनिक पाँच सिफ्ट
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।
सूचना अधिकारी व्यवस्था गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित सबै सेवाप्रदायक कार्यालयमा सूचना अधिकारीको व्यवस्था गर्न तदारुकता देखाएको छ । जिल्लास्थित कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ ।
प्राप्त अधिकार रक्षा र सुदृढ गरेर अगाडि बढौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति सहमत छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घले आइतबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
आज राति हल्का वर्षाको सम्भावना
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
टुँडिखेलमा भागदौड हुँदा आठ जना घाइते
माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
लाङटाङ-भोटेकोशी आयोजनामा भित्रियो बिस अर्ब लगानी
रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले रु बिस अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ ।
नुवाकोटको शेराबगरमा जुध्दै गरेका गोरु
नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित शेराबगरमा माघे सङ्क्रान्ति पर्वको अवसरमा बृहत् गोरु जुधाई कार्यक्रम भएको छ ।
१०८ गौमुखी धारामा स्नान गर्नेको भिड
हेटौँडा उपमहानगरपालिका-९ स्थित त्रिवेणी धाममा हरेक वर्ष माघ महिनामा लाग्दै आएको माघे मेला यो वर्ष पनि आज (सोमबार) बाट सुरु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले निकुञ्जको अवलोकन गरेका हुन् ।
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।
समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै सङ्घीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गर्नुभएको छ ।
आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।