• १३ साउन २०८१, आइतबार

त्रिशूली नदीमा भारतीय गाडी खस्यो

blog

वसन्त पराजुली 

मुग्लिङ माघ २ गते । नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा मङ्गलवार बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बिआर ०९ जिसी१४३० नम्बरको बलेरो बिहान करिब ४ः४० मा त्रिशूलीमा खसेको ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । 

सिङ्गल क्याबिन भएको बलेरो भए पनि त्यसमा मानिस नभेटिएको उहाँले जनाउनुभयो । त्रिशूली नदीभित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई आएपछि  प्रहरीले गोताखोर लगाएर पानीभित्र गाडीको पहिचान गरेको बताइएको छ । 

इच्छाकामना  ५ मुग्लिङ नारायणगढ सडक खण्डको तिन नम्बर पुल नजिक सडकबाट ८०र८५ मिटर तल त्रिशूली नदीमा बलेरो खसेको हो । नारायणगढमा बसेको विपद् व्यवस्थापनको डुङ्गासहितको टोली र सशस्त्र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार र नेपाल प्रहरीको टोली अहिले घटनास्थलमा खोजी कार्य जारी राखेको छ ।