• ३० वैशाख २०८२, मङ्गलबार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । फाइल तस्बिर

काठमाडौं, पुस २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।  उहाँले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको अघात सम्मान यसमा मलाई लाग्छ कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ ।’’

उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताउनु भयो । राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताउनु भयो । सभापति लामिछानले राष्ट्र निर्मातालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनु भयो ।