• २१ असार २०८१, शुक्रबार

डिडिसीकाे निमित्त महानिर्देशकमा अधिकारी

blog

काठमाडौँ, पुस २९ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । 

कृषि मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागु हुने गरी मन्त्रालय झिकाएपछि अधिकारीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । पुस २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई २७ गतेदेखि लागु हुने गरी सो जिम्मेवारी दिएको हो । 

कृषि मन्त्रालयले निर्माण गर्ने दुग्ध एवं दुग्धजन्य पदार्थसम्बन्धी विषयको नीति तर्जुमा एवं हाल यस विषयमा देखिएको समस्याको समाधानका सम्बन्धमा मन्त्रालयलाई आवश्यक सहायोग गर्न भन्दै महाप्रबन्धक झालाई मन्त्रालय बोलाएको हो । पत्रमा सो कुरा उल्लेख गरे पनि कृषि मन्त्रालयले महाप्रबन्धक झाले सन्तोषजनक काम गर्न नसकेको भन्दै झिकाइएको बताउँदै आएको छ । 

महाप्रबन्धक झा आफू मन्त्रालयम हाजिर नहुने बताउँदै आउनुभएको छ । बरु कानुनी उपचार खोज्ने तर मन्त्रालय नजाने उहाँले बताउँदै आउनुभएको छ । 

निमित्त महाप्रबन्धक झाले डिडिसीमा मौज्दातको समस्या रहेको बताउँदै किसानको भुक्तानीका लागि सरकारले सहुलियत ऋणको सहयोग गर्नुपर्ने बताउनुभयो । सङ्कलन भए अनुसार दुग्ध पदार्थ बिव्रmी नहुँदा किसानलाई भुक्तानी गर्न केही समस्या भएको हो र त्यो समाधान गर्नका लागि कृषि मन्त्रालयले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।