• १९ असार २०८१, बुधबार

दाङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

blog

काठमाडौं, पुस २८ गते । नेपाली कांग्रेसले शुक्रबार राति दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति  १०ः३० बजेतिर दाङको देउखुरीको राप्ति गाउँपालिका-१ भालुवाङस्थित राप्ति नदीको पुलबाट खस्दा १२ जनाको मृत्युको मृत्यु भएको छ भने २२ जना घाइते भएका थिए ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उक्त  घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै, घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ ।’’

पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न गराउन सरकारको ध्यानाकृष्ट समेत सभापति देउवाले गराउनु भएको छ ।