रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ ।
लगानी सम्मेलनमा भएको प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित
दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ ।
तेत्तिस प्रतिशत प्रगति
नेपाली सेनाले जिम्मा लिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको चैत मसान्तसम्मको भौतिक प्रगति ३३.२० प्रतिशत रहेको छ । नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले चैत मसान्तसम्मको
तीन संसदीय समितिको बैठक बस्दै
मङ्गलबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्रीको जोड
उपप्रधानमन्त्री एवम् स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
एकैसाथ ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण
सिन्धुपाल्चोकमा एकै पटक ३९ वटा स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ । स्वास्थ्य सेवा पाउनबाट बञ्चित ग्रामीण भेगका जनतालाई लक्षित गरी स्वास्थ्यचौकी भवन निर्माण सुरु भएको छ ।
कर्मचारीको निधनमा बकैयामा आज शोक बिदा
मकवानपुरको बकैया गाउँपालिका कार्यालयले कर्मचारीको निधनमा मङ्गलबार अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने गरी शोक बिदा दिएको छ ।
तातो हावाले स्वास्थ्यमा समस्या
एक सातायता बढेको तातो हावाका कारण मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । पश्चिम र पूर्वी तराईका धेरै जिल्ला उच्च तापक्रमको रेड जोनमै परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । देशका विभिन्न भूभागमा तातो हावाको लहर अझै करिब एक साता कायम रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
काउन्सिलसँगको छलफलपछि सिधाकुरा डट कमले हटायो सामग्री
प्रेस काउन्सिल नेपालमा आज भएको छलफलपछि सिधाकुरा डट कमको सम्पादकीय टिमले द डार्क फाइल नामक सामग्री हटाएको छ । वैशाख १४ गते स्टिङ रिपोर्टिङ नाम दिएको सो सामग्रीमा विवाद आएपछि सो मिडियाले सामग्री हटाएको हो ।
अदालतको अवहेलना मुद्दामा सिधा कुरालाई प्रमाणसहित बयानमा उपस्थित हुन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ।
जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरीक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ ।
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।
गोरखापत्र संस्थानमा तस्बिर प्रदर्शनी
गोरखापत्र संस्थानले राष्ट्रिय फोटो पत्रकारिता दिवसका पारेर आयोजना गरेको पुराना तस्बिर प्रदर्शनीले त्यसबेलाका सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ ।
उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत
तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।
सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चार मन्त्रीको आह्वान
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ ।
६७ जिल्लामा फैलियो डढेलो, पानी नपर्दा नियन्त्रणमा चुनौती
प्रि मनसुनमा वर्षा नहुँदा आगलागी र डढेलोको प्रकोप बढेको छ । सुख्खा याम सुरु भएसँगै फागुनदेखि सुरु भएको आगलागी सहितको डढेलोको ६७ जिल्ला पुगिसकेको छ ।
बागमती प्रदेश सभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान
बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ ।
चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन
निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा दिउँसो काठमाडौँमा निधन भएको छ ।
वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिविरुद्ध १५ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण
रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
महानगरले सार्वजनिक शौचालयमा नि:शुल्क सरसफाइ सामग्री वितरण गर्ने
काठमाडौँ महानगरपालिकाले निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा सहकार्य गर्ने व्यक्ति, सङ्घ तथा संस्थाहरूलाई निःशुल्क सरसफाइ सामग्री वितरण गर्ने भएको छ।
ठुला आयोजना अगाडि बढाउँदै छौँ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठुला क्षमताका जलविद्युत आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताउनुभएको छ ।
औषधी ऐनप्रति एसओपिओएनको असन्तुष्टि
सोसाइटी अफ फर्माकोलोजिस्ट अफ नेपाल (एसओपिओएन) ले छलफलमा रहेको औषधी ऐन २०८० विरुद्ध असन्तुष्टि जनाएको छ ।