• ४ जेठ २०८१, शुक्रबार

बागमती प्रदेश सभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

blog

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठक । फाइल तस्बिर

हेटौँडा, वैशाख १७ गते । बागमती प्रदेश सभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेका पाँच वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिनुभयो । 

संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उहाँले बताउनुभएको छ । उहाँले संसद्को आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिनुभयो । प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री सालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३ औँ अधिवेशन अन्त्य गरिएको थियो । रासस