कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।
सुझाव समेटेर अध्यक्ष दाहालद्वारा संश्लेषित विधान प्रस्तुत
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गर्नुभएको छ ।
सिइओ सरुवाविरुद्ध सर्वोच्चमा रिट
नेपाल पर्वतारोहण सङ्घको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई मनाङ सरुवा गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
ऐनअनुसार व्यवस्था गरी पठाउन दललाई आयोगको निर्देशन
निर्वाचन आयोगले राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम गर्न गराउन निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएको हो ।
‘सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकार र सञ्चारमाध्यमबिचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।
माथिल्लो अरुणको परामर्शदाता छनौट
मुलुकको हालसम्मको सबैभन्दा ठुलो परियोजनाका रूपमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको सुपरिवेक्षण परामर्शदाता छनौट गरिएको छ ।
४२ प्रतिशतमा यौन रोगको लक्षण
यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ ।
वीर अस्पताल छेउका कानुन विपरीत सञ्चालित दुईवटा फार्मेसी बन्द
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधी व्यवस्था विभागका अधिकारीहरूको समेत निरीक्षण पछि कानुन विपरीत महँगोमा औषधी बिक्री वितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ ।
करोड बढी लागतमा चार्जिङ स्टेसन
पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै हेटौँडामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु (फोटो फिचर)
विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो ।
दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारी चालकको आँखा परीक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
कांग्रेस महासमिति बैठक : विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र
नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।
स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइनबाट बुझाउनुपर्ने
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।
प्रधानमन्त्रीद्वारा केसीको “नेपाली क्रान्तिको आँखाीझ्याल” पुस्तक लोकार्पण
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो ।
शान्तिसुरक्षा र सुशासनका पक्षमा गुणात्मक काम गर्नुस् : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी उपरीक्षक (एसपी)हरुलाई शान्तिसुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिनुभएको छ ।
सञ्चार क्षेत्रलाई ज्ञानमा आधारित उद्योग बनाउनुपर्छः मन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले ज्ञानमा आधारित उद्योगको रुपमा सञ्चार क्षेत्रलाई विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपालमा मोनोरेलका लागि दक्षिण कोरियासँग ६ वटा सम्झौता
दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
चुहावट नियन्त्रण गर्दै पालुङ वितरण केन्द्र
उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ ।
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
दुई संसदीय समितिको बैठक बस्दै
सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा विद्यमान राजश्व संकलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरुमा रहेका समस्या र समाधानका उपाय सम्बन्धमा छलफल हुनुका साथै सोह्रौं पञ्चवर्षिय योजनाको मस्यौदा सम्बन्धमा छलफल हुनेछ ।
ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु-याउने धोको छ : सांसद थेवे
जनताका घरघरमा खानेपानी पु-याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन ।
चितुवाको आक्रमणबाट ढकाल दम्पत्ति घाइते
चितुवाको आक्रमणबाट गएराति स्थानीय ६६ का हेमन्तप्रसाद ढकाल र उहाँकी श्रीमती ६० वर्षीया साबित्री ढकाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।