• १५ वैशाख २०८२, सोमबार

प्रधानमन्त्रीद्वारा केसीको “नेपाली क्रान्तिको आँखाीझ्याल” पुस्तक लोकार्पण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो केसीको “नेपाली क्रान्तिको आँखाीझ्याल” पुस्तक लोकार्पण । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, फागुन ३ गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो ।

जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू  छन् ।