मौसमः देशका पहाडी क्षेत्रमा आंशिक बदली
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार
चाँगुनारायण नगरपालिकाले स्वच्छ वातावरण निर्माण गर्न वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरेको छ । दैनिक बढ्दै गएको वायु प्रदूषणले नेपालमा चुनौती थपिरहेका बेला चाँगुनारायण नगरपालिकाले भने वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने कार्यतालिकै सार्वजनिक गरेको छ ।
‘रारामा रिसोर्ट बन्नु सुखद’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा भएको बताउनुभएको छ । सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ्ससँग एक्पर्ट ग्रुप अस्ट्रेलियाले रिसोर्ट निर्माणका निम्ति सम्झौता गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सो सम्झौताप्रति खुसी व्यक्त गर्दै यसबाट नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । बुधबार बिहान रारा होल्डिङ्सका प्रतिनिधिसँगको कुराकानीमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र हो । तपार्इंहरू निजी क्षेत्र आफैँले यसनिम्ति पहल लिनुभएकोमा म खुसी छु ।”
सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै
वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।
प्राथमिकतामा कर्मचारी व्यवस्थापन
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालयको नाम अनुसारकै कामलाई सार्थकता दिने गरी मन्त्रालयले नीतिगत र व्यावहारिक रूपमा काम गर्दै आएको बताउनुभएको छ । मन्त्रालयको नामै सङ्घीय मामिला तथा सामान्य प्रशासन भएकाले अहिले मन्त्रालयले सङ्घीयता कार्यान्वयन र तिनै तहमा कर्मचारी व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, “अहिले सङ्घीयताप्रति आमनागरिकले विभिन्न प्रश्न गरेको र उक्त प्रश्नलाई सम्बोधन गर्दै सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउने गरी मन्त्रालयले नीतिगत रूपमै योजना बनाइरहेको छ ।” उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय गर्दै अन्तरतह समन्वय र विस्तार गर्नका लागि कार्ययोजना तयार गरी कार्यान्वयन गर्न लागिरहेको बताउनुभयो ।
आगलागी नियन्त्रक नै समस्यामा
काठमाडौँको अधिकतम तापक्रम यो वर्षको उच्च ३३.५ डिग्री सेल्सियसभन्दा माथि उक्लँदै छ । तराईका जिल्लामा अझ उच्च ४५ डिग्री सेल्सियसभन्दा माथि चढ्दै छ । उच्च तापक्रम र सुक्खा खडेरीका कारण देशैभर डढेलो र आगलागी भयावह बन्दै छ । बुधबार साँझसम्म १८० भन्दा बढी स्थानमा आगलागी र डढेलोका घटना भएका छन् । यसले जनधनको क्षति बढाएको छ । जोखिमको अनुमान नगरी डढेलो र आगलागी निभाउन र उद्धार गर्न पुग्दा निभाउने र बचाउनेकै ज्यान जान थालेको छ ।
गायक जुजुकाजी रञ्जितको एकल साँझ (फोटो फिचर)
नेपाल भाषाको पाक्षिक पत्रिका ‘पेज ३’ को ४०० अंक प्रकाशित भएको अवसरमा गायक जुजुकाजी रञ्जित लाइभ कन्सर्टमा लागि मंगलबार राति दक्षिणकाली नगरपालिकास्थित छैमली रिसोर्टमा सांगीतिक प्रेमीको भीड लागेको थियो ।
पशुपति आर्यघाटको विद्युत शवदाह साउन १ देखि निःशुल्क गरिने
पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो ।
बेलायतमा नेपाली कन्सर्ट हुँदै
नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।
श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरु
नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो ।
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ ।
सन्दर्भ श्रमिक दिवस : मजुरीमै बित्यो जीवन
निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा बिसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधैँ झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो ।
‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभई नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ।
टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।
श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ ।
प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
सात हजार बढीले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
नेपाली चिकित्सकले चारित्रिक प्रमाणपत्र अर्थात् गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिनेको सङ्ख्या बढ्दैगएको छ । नेपालमा मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सतीशकुमार देवले काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र अर्थात् गुड स्ट्याण्डर्ड सर्टिफिकेट लिनेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरुरी : पूर्वप्रधानमन्त्री खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको हक, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी रहेको बताउनुभयो ।
अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ ।
एक वर्षमा एउटा मात्र ऐन
बागमती प्रदेश सभा र प्रदेश सरकार गएको वर्ष ऐन निर्माण सुस्त मात्र होइन, कमजोरसमेत साबित भएको छ । यहाँ एक वर्षमा एउटा मात्र ऐन निर्माण भएको छ । कानुन निर्माणमा पछिल्लो समयमा
चौरी संरक्षण गर्दै हेलम्बु गाउँपालिका
लोप हुन लागिसकेको चौरीलाई हेलम्बु गाउँपालिकाले संरक्षणका काम थालेको छ । पछिल्ला समय चौरी र याकको सङ्ख्या घटिरहेकोले त्यसलाई बढाउन उक्त गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याई चौरी र याक संरक्षणमा लाग्ने सो गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
पर्यटकको रोजाइमा मिनी ग्रेटवाल
दोलखाको शैलुङमा निर्माणाधीन शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटक बाक्लिन थालेका छन् । प्राकृतिक दृश्यावलोकन र सुन्दरता
ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।