सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
थप १७ जनामा डेंगु सङ्क्रमण
बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको १३ गते बिहीबारसम्म चितवनमा ११ र मकवानपुरमा ६ जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिधाकुरा डटकमलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण
प्रेस काउन्सिल नेपालले सिधा कुरा डट कमका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा तथा कान्तिपुर मिडिया प्रालि.का अध्यक्ष कैलाश सिरोहियालाई जोडेर लेखेको समाचार भ्रामक भएको भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।
बाल अधिकार क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ ।
कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने
कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।
दिवस मनाउन आग्रह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस भव्य रूपमा मनाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत चैत ३० गतेको निर्णय अनुसार ७५३ वटै स्थानीय तहलाई सूचना प्रविधि दिवस मनाउन मन्त्रालयले शुक्रबार परिपत्र गरेको हो । स्थानीय तहले सूचना र प्रविधिसँग सम्बन्धित सचेतना र जानकारीमूलक कार्यक्रम गर्न मन्त्रालयले स्थानीय तहलाई गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।
चार हजार ४६२ प्राथमिक तहको शिक्षक माग
प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ । शनिवार गोरखापत्र दैनिकमा सूचना माग गर्दै आयोगले विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।
विधेयक अधिवेशनको उपलब्धि शून्यप्रायः
प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो निर्वाचनपछि बसेको बागमती प्रदेशको प्रदेश सभाको तेस्रो अधिवेशन विधेयक निर्माणका दृष्टिले उपलब्धिविहीन बनेको छ । विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनमा
सिन्धुलीको कमलामाई मन्दिर (फोटो फिचर)
सिन्धुलीको प्रख्यात मन्दिर मध्ये कमलामाई मन्दिर पनि एक हो। यो कमलामाई मन्दिर सिन्धुलीमाढीबाट करिब १२ किमी टाढा रहेको छ ।
फेरियो डाँडापारि
बत्तीमुनिको अँध्यारो भने जस्तै सङ्घीय राजधानीबाट १३० किलोमिटर र प्रदेश राजधानीबाट ५० किलोमिटरको दुरीमा रहेको डाँडापारि विकटभित्रको विकट गाउँबाट क्रमशः सुगम गाउँमा रूपान्तरण हुँदै छ । त्यहाँ सञ्चालित सडक आयोजना समयमै सम्पन्न भए भने अबको केही वर्षपछि दुर्गममा गनिएका गाउँबस्ती सुगम बन्दै जाने छन् ।
शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
सकियो सिन्दूरे जात्रा
चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन भैरवी मन्दिरमा लाग्ने सिन्दूरे जात्रा सम्पन्न भएको छ । चैत शुक्ल पूर्णिमाको दिन साततले दरबार राष्ट्रिय सङ्ग्र्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएको धामीधमिनी र भैरवीको रथलाई भैरवी मन्दिरमा ल्याइएपछि हर्षबढाइँसाथ सिन्दूर घसेर रमाइलो गर्दै जात्रा सम्पन्न गरिन्छ ।
गोरखापत्र प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको ११ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै महासङ्घको लेखा समिति संयोजक लेखनाथ न्यौपानेले गोरखापत्र पत्रकारिताको धरोहर भएकाले सबैले गोरखापत्रबाट पत्रकारिता सिक्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानमा लेखन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको पक्षमा काम गर्न कानुनी जटिलता रहेको भन्दै ती जटिलतालाई फुकाउँदै जानुपर्ने बताउनुभयो ।
डढेलो प्रभावितको उद्धार गर्न निर्देशन
सरकारले आगलागी तथा डढेलो प्रभावितलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अन्य विपत्मा परेकालाई तत्काल राहतका लागि कुनै पनि ढिलाइ नहोस् ।”
उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
निर्वाचन आयोगले इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो ।
आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्णः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घले आयोजना गरेको अन्तरक्रियामा उहाँले पुँजी र प्रविधिको उपयोग गरी सञ्चालन गर्न सकिने हस्तकला ठूलो सम्भावना बोकेको क्षेत्र पनि भएकाले यसले आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रुपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ ।
‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’
नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
२६ वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट नौ वर्ष सात महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।
गृहमन्त्री लामिछानेसँग सहकारी पीडितको भेट
सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
मालपोत कार्यालयका खरिदारसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बालबालिकाको पोषणलाई प्राथमिकतामा राख्न आग्रह
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ ।
बागमतीमा आर्थिक मामिला मन्त्रालयले माग्यो बजेटसम्बन्धी सुझाव
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेटको तयारी थालेको छ।