भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग
महानगरपालिकाले उक्त संस्थालाई रु चार लाख ४३ हजार पाँच सयको चेक बिहीबार प्रदान गरेको हो । विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
पाहुना लाग्न गएका पुरुषको मृत्यु
हेटौँडा उपमहानगरपालिका वडा नं.४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीबार साँझ मृत्यु भएको छ ।
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।
प्रचलित कानुनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय
गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै
जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ९१ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १२ को परीक्षा आज (शुक्रबार)देखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।
शिवम् सिमेन्ट प्रकरणः वडाध्यक्षको संयोजकत्वमा समस्या पहिचान गर्न समिति गठन
हेटौँडा उपमहानगरपालिका १६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीयको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ ।
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
न्यारो बडीबाट आइतबारदेखि नियमित उडान
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ । इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिनुभयो ।
इतिहास खोतल्ने तस्बिर
धार्मिक आस्था र विश्वासको पर्याय रहेको विष्णुमती नदी यतिबेला दुर्गन्धित छ । आमबुझाइमा दुर्गन्धको विम्ब बनेको विष्णुमतीमा २०४७ सालसम्म माछा मारिन्थ्यो र निर्विध्न रूपमा पौडी खेलिन्थ्यो । गोरखापत्रमा त्यो समय छापिएको तस्बिर र क्याप्सनले त्यही भन्छ । २०३६ सालको जनमतसङ्ग्रहताका खुला सभामा बिपी कोइरालाले भाषण गरिरहनुभएको दुर्लभ तस्बिर, जनमतसङ्ग्रह, २०४५ सालको नाकाबन्दीमा जनजीवन, २०४० सालमा आयोजित दार्जिलिङ ११ र बागमती ११ बिचको महिला फुटबल खेल, २०४२ सालको बम काण्ड, २०४४ साल फागुन २९ गते दशरथ रङ्गशालामा भएको भागदौडलगायत इतिहासका महत्वपूर्ण कालखण्डका तस्बिर गोरखापत्रसँग छ । तिनै तस्बिरको प्रदर्शनी गोरखापत्रमा सुरु गरिएको छ ।
१८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति
नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका ११९ विद्यालयका १८० विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालय समयभित्र अन्य कार्य नगर्न शिक्षकलाई महानगरको अनुरोध
काठमाडौं महानगरपालिकाले विद्यालय समयभित्र नियमित पठनपाठन प्रभावित हुने गरी अन्य कार्यमा सङ्लग्न नहुन अनुरोध गरेको छ ।
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालयले सिंचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईले जानकारी दिनुभयो ।
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
महोत्तरीको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवम् पुनःस्थापनाका लागि एक टोली परिचालन गरिएको छ ।
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा आज अर्थविदहरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो ।
श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु ४१ लाख २० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ ।
उपनिर्वाचनको सुरक्षा तयारी पूरा
। नेपाल प्रहरीले वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो ।
तारागाउँ विकास समितिको कार्यशाला वैशाख १५ र १६ गते ककनीमा
तारागाउँ विकास समितिले वैशाख १५ र १६ गते “बागमती प्रदेश कार्यशाला गोष्ठी– २०८१” गर्ने भएको छ । नुवाकोटको ककनी स्थित तारा गाउँ रिसोर्ट होटलमा हुने गोष्ठीको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङ्ले गर्नुहुने छ ।
धुलिखेलमा ट्रक दुर्घटना : पाँच जना घाइते
बिपी राजमार्ग अन्तर्गतको धुलिखेल नगरपालिका–७ मा निशान ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।