• २३ वैशाख २०८१, आइतबार

विद्यालय समयभित्र अन्य कार्य नगर्न शिक्षकलाई महानगरको अनुरोध

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १३ गते। काठमाडौं महानगरपालिकाले विद्यालय समयभित्र नियमित पठनपाठन प्रभावित हुने गरी अन्य कार्यमा सङ्लग्न नहुन अनुरोध गरेको छ ।

महानगरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार महानगर अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुले विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसइई को उत्तरपुस्तिका परीक्षक कार्यलगायत अन्य कार्यमा शिक्षकलाई नपठाउन अनुरोध गरिएको छ।

शिक्षकले समेत यही सूचनालाई आधार मानी विद्यालयको पठनपाठनमा प्रभावित हुने कार्य नगर्न अनुरोध गर्नुका साथै अन्यथा प्रचलित ऐन, कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत महानगरले जनाएको छ ।