अब फार्मेसीमै औषधीको परीक्षण
औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।
सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव
देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनिक जग्गाको संरक्षण गरे पनि संरक्षण गरिएको जग्गाको यकिन विवरण सङ्घीय सरकारलाई नपठाउँदा संरक्षण भएका जग्गाको पनि अभिलेख एकीकृत हुन सकेको छैन । तीन महिनाअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो । मन्त्रालयले परिपत्र गरेपछि अहिलेसम्म तीन सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने अन्य स्थानीय तहले मन्त्रालयलाई विवरण नै पठाएका छैनन् ।
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।
सांसद गुरुङको निलम्बन फुकुवा
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ ।
बागमतीमा हिउँदे अधिवेशन अन्त्य
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गर्नुभएको हो।
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ हुने दिन यही वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश
उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ ।
मलामी बोकेको बोलेरो दुर्घटना : १५ घाइते, दुईको अवस्था गम्भीर
रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ ।
ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
त्रिविका कानुनी सल्लाहकारलाई कारबाही नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार नारायणप्रसाद खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बागमतीमा शिक्षक बैङ्क स्थापना गरिने
मकवानपुरको बागमती गाउँपालिकाले शिक्षक बैङ्क स्थापना गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै शिक्षक बैङ्क स्थापना गर्ने जनाएको हो ।
चिकित्सक अभावमा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।
भूकम्प गएको नौ वर्षमा पनि पूरा भएन पुनर्निर्माण
विनाशकारी भूकम्प गएको नौ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ६ रेक्टरस्केलको भूकम्पका कारण आठ हजार बढी मानिसले ज्यान गुमाएका थिए ।
कति उपलब्धिमूलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ ।
‘सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन’
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा नयाँ संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि अझै तीन तहका लागि आवश्यक सङ्घीय ऐन, कानुन बन्न नसक्दा जनताले पूर्णरुपमा सङ्घीयताको अनुभूति गर्न नपाएको बताउनुभएको छ ।
विद्युत खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु
काठमाडौँ-विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।
रासस र कतार न्युज एजेन्सीबिच समाचार आदानप्रदानका लागि सम्झौता
राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सी (क्युएनए)बिच समाचार सामग्री आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
पर्यटकको रोजाइमा शैलुङको मिनी ग्रेटवाल
दोलखाको शैलुङमा निर्माणाधीन अवस्थामा रहेको शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ ।
संसद् प्रभावकारी बनाउन सकिएन : प्रमुख सचेतक यादव
वि.सं.२०७९ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि हालसम्म संसद्का तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी बनाउन सकिएको छैन ।
‘लू’बाट बच्न प्रशस्त मात्रामा पानी पिउन आग्रह
जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश
सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश जारी गरेको हो ।
२०७२ को विनाशकारी भूकम्पको सम्झनामा फोटो प्रदर्शनी
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष भएको छ । यसै सन्दर्भमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
हेटौँडा सिमेन्टको जीर्ण बकेट झरेर दुर्घटना हुने जोखिम
मकवानपुरको हेटौँडा–९, लामसुरेमा केन्द्रीय कार्यालय रहेको हेटौँडा सिमेन्ट उद्योगको जीर्ण बकेटहरु (क्यारियर) झरेर दुर्घटना हुने जोखिम बढेको छ । हेटौँडा–१ चाइनाक्वाटरस्थित बस्तीमाथि रहेको रोपवेका बकेटहरु झरेर दुर्घटना हुन सक्ने जोखिम बढेको हो ।