कक्षा १२ को परीक्षा दिँदै जनप्रतिनिधि
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा हुनुभयो।यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लाग्नुभएको छ।
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताउनुभएको छ ।
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन : सञ्चारमन्त्री शर्मा
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताउनुभएको छ ।
‘संसद कानुन बनाउनेभन्दा अन्तै अल्मलियो’
नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले मुलुकको सार्वभौम संसद् कानुन बनाउने काममा भन्दा पनि अन्यत्रै अल्मलिएको बताउनुभएको छ ।
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको छ ।
साझा अधिकारको कानुन निर्माण गर्न नसक्दा समस्या : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानमा भएको संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचिमा रहेको कानुन निर्माण गर्न नसक्दा समस्या भएको बताउनुभएको छ ।
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताउनुभएको हो ।
२८ जना सहसचिवको सरुवा (सूचीसहित)
सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
पढाइदिने भन्दै बालिकालाई भारतमा बिक्री गर्ने महिला पक्राउ
अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौँ जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।
विद्युत बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो ।
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी ९सिआइडिसिए०का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गर्नुभएको छ ।
एक किलो ७६८ ग्राम सुन र एक करोड ४३ लाख नगदसहित सात जना पक्राउ
नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सयौँ वर्ष पुरानो सिन्दुरे जात्रा सम्पन्न
चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन प्रसिद्ध भैरवी मन्दिरमा सिन्दुरे जात्रा भव्यताका साथ सम्पन्न भएको छ ।
सहसचिव गैरेलाई सेवाबाट हटाउने निर्णय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् ।
सेनाले माग्यो १४७ जना प्राविधिक कर्मचारी
नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको छ ।
काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ । श्री अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत हुनुहुन्छ ।
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।