प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
सुमो दुर्घटनामा १० घाइते, तीनको अवस्था गम्भीर
काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदैगरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार
नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ ।
सुनकोशी–मरिण सुरुङ २६ गते छिचोलिने
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । १३.३ किलोमिटर लम्बाइको सुरुङ अब ११० मिटर मात्र खन्न बाँकी छ । यही वैशाख २६ ग
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबिच आज भेटवार्ता हुँदै
नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता हुँदैछ ।
विद्यार्थीले बनाए विद्युतीय गाडी
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ स्थित रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विज्ञान शिक्षकको सहायतामा चारपाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेका छन् । गाडी बनाउने
भूकम्पसँगै बहुप्रकोप जोखिम बढ्दै छ : डा. देवकोटा
विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।
भूकम्पपीडितका लागि बनेका अधिकांश घर खाली
नौ वर्षअघि ठूलो भूकम्पका कारण घरबार विनाश भएर चिहिलबिहिल बनेकाहरूका लागि राज्यको अनुदानमा बनाइएका अधिकांश घर अहिले खाली छन् । २०७२ साल वैशाख १२ गतेका दिन गोरखा
स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखा पर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
काउलीको पातको गुन्द्रुक ब्रान्डिङ गरिदै
दोलखाको सैलुङ गाउँपालिका–८ का किसानले रायो र काउलीको पातको गुन्द्रुकको ब्रान्डिङ बनाउन थालेका छन् । दुःख गरेर उत्पादन गरेको रायो र काउलीको पातको गुन्द्रुकले बजार नपाएर बिचौलियालाई दिँदा किसान ठगिएको महसुस भएपछि यसरी ब्रान्डिङ गर्न सुरु गरिएको बताएका छन् ।
आजको मौसमः तराईमा हुरीबतासको चेतावनी
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
‘नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताउनुभएको छ । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक मङ्गलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकलाई विश्व अर्थतन्त्रबाट सृजित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस सङ्गठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”
वज्रयोगिनी जात्रा सुरु
साँखुको प्रसिद्ध वज्रयोगिनी जात्रा मङ्गलबारदेखि सुरु भएको छ । जात्राका लागि वज्रयोगिनी देवतालाई मन्दिरबाट बाहिर निकाल्ने (क्वहाँ बिज्या) कार्य गरिएको छ । चैते दसैँको दिनदेखि जात्रा सुरु भएको सङ्केतस्वरूप नाय्खीँ बाजा बजाएर नगर परिक्रमा गरिन्छ । जात्राका लागि वज्रयोगिनी मन्दिरबाट वज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित वज्रयोगिनीबाट साँखु धुँल्लासम्म ल्याइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोतीजडित मुकुटले सजिएकी तीन नेत्र भएकी वज्रयोगिनीको जात्रा गर्ने परम्परा छ ।
एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।
विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदर
सर्वोच्च अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट मात्र गर्ने व्यवस्था बदर गरेको छ । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका–२०८० को दफा ४५ मूल ऐनसँग बाझिएको भन्दै पूर्ण बदर गरिदिएको छ । साथै दफा ५ को विद्युतीय प्रणालीबाट मात्र खरिद हुनुपर्ने निश्चित शब्दावली अदालतले बदर गरेको छ ।
हिमाल आरोहण गर्दै सन्ताउन्न देशका आरोही
वसन्त याममा हिमाल आरोहण गर्न नेपालसहित ५७ देशका नागरिकले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार विभिन्न २६ हिमाल आरोहणका लागि ५७ देशका ७६७ जना आरोहीले आरोहण अनुमति लिएका हुन् ।
हटाउन थालियो रुखका बत्ती
रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो ।
राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता हुनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गर्नुभएको छ ।
परिणाममुखी काम गर्न निर्देशन
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सचिव र कर्मचारीहरूलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी
मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ ।
विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनौं : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन (डब्लुटिओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताउनुभएको छ ।
ललितपुरमा अन्तरपालिका भलिबल हुँदै : प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
प्रज्ञा स्मृति प्रतिष्ठानले ललितपुरको महांकाल गाउँपालिकामा बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता गर्ने भएको छ।
प्रजनन केन्द्रले कतारलाई हात्ती उपहार दिने
सैँतिस वर्षअघि भारत, म्यानमार र थाइल्याण्डबाट हात्ती उपहार लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहाले अहिले कतारलाई दुई वटा हात्ती उपहार पठाउने भएको छ ।
‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ ।