समाजमा नकारात्मक असर पार्ने दृश्य प्रत्यक्ष प्रसारण नगर्न नेपाल प्रहरी आग्रह
नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरूको प्रकाशन तथा प्रसारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।
नेवा मुक्ति मोर्चाको १७ बुँदे मागसहित प्रदेश सरकारलाई ज्ञापनपत्र
नेवा मुक्ति मोर्चा नेपालले विभिन्न माग राख्दै बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई विभिन्न १७ बुँदे माग र सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।
नयाँ विधेयक राष्ट्रिय सभामा दर्ता गर्नुपर्छ : उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गर्नुपर्ने बताउनुभएको छ । आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्नुहुँदै उपाध्यक्ष घिमिरेले आगामी दिनमा आउने नयाँ विधेयकहरू राष्ट्रिय सभामा दर्ता गरेर अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।
एमाले प्रतिनिधि परिषद् बैठक : अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।
न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछः मन्त्री तामाङ
संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने बताउनुभएको छ । आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।
कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कला, संस्कृति संरक्षण गर्ने ऐन तत्काल बनाउने घोषण गर्नुभएको छ ।
दूधमा आत्मनिर्भर बन्यो दोलखा
दोलखा जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय गाई र भैँसीको व्यावसायिक पालन बढेपछि जिल्ला आत्मनिर्भर बनेको हो ।
नेता–कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक
नेता र कार्यकर्ताबिच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक त्यसका लागि एक उपयुक्त थलो सावित भएको छ ।
अख्तियारद्वारा विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशन पदमा कार्यरत विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।
विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाइँदै
भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो ।
सरकारद्वारा ६७८ जना गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार
सरकारले हालसम्म ६७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ ।
हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृहको आग्रह
हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ ।
कतारका अमिर औपचारिक भ्रमणमा मङ्गलबार नेपाल आउँदै
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
एमाले परिषद् बैठकः छ समूहमा छलफल सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आइतबार छ वटा समूहमा छलफल सुरु भएको छ ।
नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ ।
जङ्गलमा मानव कङ्काल फेला
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढीचौरमा मानव कङ्काल फेला परेको छ । आलखोला जङ्गलमा शनिवार घाँस काट्न गएका स्थानीयले मृत मानिसको कङ्काल देखेपछि देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
सहरका सडकपेटी सकिँदै (फोटो फिचर)
काठमाडौँ महानगर लगायतका देशका ठुला सहरमा पैदल यात्रीका लागि निर्माण गरिएको सडक पेटी आजभोलि मासिँदै गएको छ । सडक पेटीलाई राज्यले व्यवस्थित गर्न नसक्दा पैदलयात्रीहरुले जहिल्यै सास्ती खेप्न बाध्य भएका छन् ।
राजस्वको लक्ष्य पूरा गर्न चुनौती
बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्ष २०८०/८१ मा आफैँले निर्धारण गरेको अनुदान र राजस्वको लक्ष्य पूरा गर्न चुनौती देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि तय गरेको अनुदान र
पनौतीमा पशु खोप अभियान
पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।
एमाले परिषद् बैठकः आज समूहगत छलफल हुँदै
नेपाल कम्युनिष्ट पार्टी [एमाले] को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ ।
पानीमा डुबेर बालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका वडा नं.६ मा शनिवार दिउँसो पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका ६ टिकुले टोल बस्ने ६ वर्षीय सन्दीप स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपाली सेनाले माग्यो २५ सय कर्मचारी
नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो ।
उपराष्ट्रपति यादवद्वारा महावीर जयन्तीको शुभकामना
जैन धर्मावलम्बीहरूले अत्यन्तै हर्षोल्लासका साथ मनाउने महावीर जन्म जयन्तीको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश दिनुभएको छ ।
तराई क्षेत्रमा हुरीबतासको चेतावनी
हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।