ग्रान्डमास्टर महर्जन सम्मानित
नेप्लिज तेक्वान्दो एकेडेमी र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार संयुक्तरुपमा ग्रान्डमास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ ।
ग्वार्को फ्लाई ओभर : बालकुमारी–सातदोबाटो सडक दैनिक ६ घण्टा बन्द
बिहीबारबाट सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ। ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले रातको समयमा उक्त सडकखण्ड बन्द हुने भएको हो।
नयाँ भर्नाका लागि नेपाल प्रहरीमा अनलाइनबाटै आवेदन दिने प्रणाली प्रभावकारी
नेपाल प्रहरीले नयाँ भर्नाका लागि गरिने छनौट प्रकृयामा आवेदन दिन अनलाइन प्रणालीबाट सुरूवात गरेको छ । यसबाट नयाँ प्रवेश गर्न चाहने इच्छुक सबैलाई आवेदन दिन सम्बन्धित प्रहरी कार्यालयसम्म पुग्नु पर्ने बाध्यता हट्न गएको छ ।
उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगको पाँच बुँदे निर्देशन
निर्वाचन आयोगले उपनिर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सम्बद्ध निकायमा पाँच बुँदे निर्देशन जारी गरेको छ ।
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्ग्याउनु भएको क्यान्भास अति सुन्दर देखिन्छ ।
पाटनमा गरियो सम्पदा यात्रा (फोटो फिचर)
ललितपुरको पाटनढोकादेखि दरबार स्क्वायर क्षेत्रसम्म सम्पदा यात्रा (हेरिटेज वाक) गरिएको छ।
काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
लगानी कोष र सिउरी न्यादीबिच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता
नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबिच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगन्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए ।
तेमाल जात्राको तयारी पूरा
यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ । बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बस र सुमो ठोक्किँदा सात घाइते
बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् ।
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताउनुभएको छ ।
चितवनका भित्री सडकमा दुर्घटना बढी
जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।
मनकामना केबलकार शुक्रबार बन्द हुने
मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
अवैध लागूऔषधसहित दुई जना पक्राउ
प्रहरीले २३२ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ७४९ ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको छ । बिहीबर राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने तयारी
सरकारले यस वर्ष (वि.सं.२०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रुपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको छ ।
ब्याजदर घट्दा पनि बढ्न सकेन कर्जा प्रवाह
बैँकहरुको कर्जा ब्याजदर घटे पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा बैँकहरुमा निक्षेप संकलन बढिरहेको छ ।
तीन प्रदेशमा आंशिक बदली
अहिले तीन प्रदेशको मौसममा आंशिकदेखि साधारणतथा बदली भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतथा बदली भएको छ ।
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’
अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।
मेयर कपको उपाधि हेटौँडा ४ लाई
हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रङ्गशालामा भएको मेयर कप फुटबल प्रतियोगिता-२०८० को उपाधि हेटौँडा उपमहानगरपालिका ४ ले जितेको छ ।
झोल साबुन बनाउन सिकाउँदै पालिका
धादिङको थाक्रे गाउँपालिका स्थित महादेव बेसीमा झोल साबुन बनाउने तालिम सुरु भएको छ । आफ्नै उत्पादन, आफ्नै बजार, आफै प्रयोगकर्ता आफै स्वरोजगार भन्ने नाराको साथ सृष्टि फाउन्डेसन नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा तालिम सुरु भएको हो ।
नमुना सहर बनाइने तालढुङ्गा
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गा बजार । उक्त बजारलाई बागमती प्रदेशको नमुना सहरका रुपमा विकास गर्न प्रक्रिया थालिएको छ ।