• १९ वैशाख २०८१, बुधबार

तीन प्रदेशमा आंशिक बदली

blog

काठमाडौं, वैशाख ६ गते । अहिले तीन प्रदेशको मौसममा आंशिकदेखि साधारणतथा बदली भएको छ । मौसमविज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतथा बदली भएको छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीले यी तीन प्रदेश बाहेकका अन्य प्रदेशको मौसम साधारणतथा सफा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘ती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । अन्य प्रदेशको मैसम साधारणतया सफा छ, केही स्थानमा बादल देखिए पनि ठूलो परिवर्तन छैन ।’’

साँझपख भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ  ।

अहिले स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको उहाँले बताउनुभयो । आगामी तीन दिन नै मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभएको उहाँको भनाइ छ ।