• १९ वैशाख २०८१, बुधबार

झोल साबुन बनाउन सिकाउँदै पालिका

blog

मुरारी अधिकारी

धादिङ, वैशाख ६ गते । धादिङको थाक्रे गाउँपालिका स्थित महादेव बेसीमा झोल साबुन बनाउने तालिम सुरु भएको छ । आफ्नै उत्पादन, आफ्नै बजार, आफैँ प्रयोगकर्ता आफैँ स्वरोजगार भन्ने नाराको साथ सृष्टि फाउन्डेसन नेपालको आयोजना  तथा थाक्रे गाउँपालिकाको सहकार्यमा तालिम सुरु भएको हो ।

आयातित सामानहरूको प्रतिस्थापन र स्थानीय बजार प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले झोल साबुन, हर्पिक, फिनेल र कोलिन बनाउने तालिम सञ्चालन गरेको फाउन्डेसन नेपालका अध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो ।

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले व्यावसायिक रूपमा काम गर्नेहरूको लागि पालिकाले सहजीकरण गरेर बजारको लागि पहल गर्ने बताउनुभएको छ । तालिम निकै महत्त्वपूर्ण रहेको हुनाले तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गरिएमा तालिम उपलब्धिमूलक हुने आयोजकको बुझाइ छ ।