त्रिविका उपकुलपतिको सोचपत्र, प्रदेश विश्वविद्यालय खोल्ने योजना
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग बरालले शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन त्रिविकै प्रदेश विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि सार्नुभएको छ । प्रदेशमा स्थापना भएका विश्वविद्यालयले सम्बन्धित क्षेत्रमा रहेका त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तर मापन गर्ने, शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा सघाउने र उत्कृष्ट क्याम्पसहरूलाई उत्कृष्टताको उपाधि प्रदान गर्नेसम्मको काम गर्ने योजना उहाँको छ ।
सकियो सेतो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)
गत मंगलबारबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको जात्रा सकिएको छ । शुक्रबार आमा रुखको परिक्रमा पश्चात आज शनिबार पूजा विधि गरी रथबाट निकाली खटमा राखी पुन: मच्छिन्द्रबहाल अवस्थित मन्दिरमा पुन: प्रतिस्थापनका लागि लगिएको छ ।
कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई कारबाही गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ ।
सरकारी विद्यालयमा बच्चा पढाउनैपर्ने सान्दर्भिकता !
पछिल्लो समय केही स्थानीय तहले सरकारी कर्मचारीले आफ्ना बालबालिका अनिवार्य रुपमा सरकारी (सामुदायिक) विद्यालय पढाउनुपर्ने नियम बनाएपछि यसबारे बहस सुरु भएको छ । शिक्षाविदको पनि यस विषयमा धारणा बाझिएको छ ।
‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा.परियार पुरस्कृत
‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा.विष्णुमाया परियार पुरस्कृत हुनुभएको छ । मानव अधिकार एवम् सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले उहाँलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेको हो ।
इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन : समलिङ्गी विवाह दर्ताको प्रशंसा
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालद्वारा नेपालमा पहिलो पटक आयोजित इन्द्रेणी पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भयो । दुई दिने सो सम्मेलनको मुख्य ध्येय नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने रहेको छ ।
जुरेली रङ्गशाला निर्माणका लागि डेढ करोड सङ्कलन
पूर्वी मकवानपुरको बकैयामा जुरेली रङ्गशाला निर्माणका लागि नगद र जिन्सी सहित डेढ करोड रुपियाँ सङ्कलन भएको छ ।
तामाकोशीमा बेपत्ता भएकामध्ये एकको शव फेला
दोलखामा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ जनामध्य एक जनाको शव फेला परेको छ ।
संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताउनुभएको छ ।
सुनकोशी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।
नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सहकारी घोटाला छानविन आयोग भरपर्दो छैन : डा. आरजु देउवा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाउनुभएको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु
नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट हुनुभएको हो ।
‘राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ’
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।
लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि विद्युत् सेवा अवरुद्ध
नेपाल विद्युत् प्राधिकरणले शनिबार जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको जनाएको छ ।
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन
“पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा खोज्छु, त्यही पैसाले खान्छु” पशुपतिमै जन्मिएर हुर्किदै आएका तर कानुनी पहिचान नभएका हरिले भन्नुभयो, “मलाई हरि भन्छन् तर मेरो नाम, थर केही छैन ।”
कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट
मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा शनिवार विहान आगलागी भएको छ । हेटौँडा –८ मा रहेको हेल्प बक्स प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी भएको हो ।
भूमिस्थ विद्युत् तारको समस्या : माडी चार दिनदेखि अन्धकार
चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत विद्युत् पड्किएपछि माडी नगरपालिका चार दिनदेखि अन्धकार भएको छ । बर्सातमा हरेक वर्ष समस्या आउने भूमिगत विद्युत् वितरणमा यस वर्ष वर्षा नलाग्दै समस्या आएको छ । निकुञ्जको कुन क्षेत्रमा समस्या आएको भन्ने पत्ता नलाग्दा मर्मत गर्न कठिन भएको विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो ।
एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।
बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।
दोलखाको बुग्देउ जात्रा
दोलखामा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई स्थानीय बासिन्दाले बुग्देउ जात्रा भन्छन् । ललितपुरमा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई काठमाडौँ उपत्यकाका बासिन्दा (नेवार समुदाय) ले बुगंद्यो जात्रा भन्ने गर्छन् । नेपालमा सबभन्दा लामो समयसम्म चल्ने जात्रामध्ये रातो मत्स्येन्द्रनाथको जात्रा पनि एक हो । रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुर र दोलखामा मात्र मनाइन्छ । यो जात्रा कसरी नेपालमा चल्यो भन्ने सन्दर्भमा एउटा पुरानो जनश्रुति प्रचलनमा सुन्न पाइन्छ । जनश्रुति अनुसार करिब १४०० वर्षअघि नेपालका लिच्छवि राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर खडेरी परी हाहाकार भएको थियो । किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको हुनाले गोरखनाथ रिसाएर यहाँका सम्पूर्ण नागलाई आफ्नो वशमा पारी आफ्नो आसन बनाएर ध्यानमा बसेका रहेछन् ।