५४५ हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलो
यो वर्ष हालसम्म रामेछाप जिल्लाको ५४५ भन्दा बढी हेक्टर क्षेत्रफल वन क्षेत्रमा डढेलो लागेको छ । दुई वटा नगरपालिका र छ वटा गाउँपालिका रहेको रामेछापमा छ वटा सबडिभिजन वन कार्यालय छन् ।
विद्यालयलाई बजेट नदिँदा विद्यार्थीले पाएनन् पुस्तक
स्थानीय सरकारले विद्यालयलाई किताब खरिद गर्ने रकम निकासा नगर्दा यस वर्ष पनि विद्यार्थीले समयमा पुस्तक नपाउने भएका छन् । सात जिल्लामा किताब वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरमा किताब थन्किएको छ । प्रदेश कार्यालयले बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी र तनहुँको दक्षिण क्षेत्रमा किताब वितरण गर्दै आएको छ ।
२९औँ वन्यजन्तु सप्ताह: बूढीराप्ती सरसफाइ
चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई खुवाइने जानकारी दिनुभयो । यस्तै जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा
नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ । सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले बिहीबार (आज) देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताउनुभयो ।
शताब्दीपुरुष बस्नेतको अभिनन्दन
काँगेल बाहुन्डी सरोकार केन्द्रले शताब्दीपुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबिच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा उहाँलाई अभिनन्दन गरिएको हो । पूर्वप्रशासक एवं साबिक काँगेल गाउँ विकास समिति सोलुखुम्बुका अध्यक्षसमेत रहेका बस्नेतले प्रशासनिक, सामाजिक तथा राजनीतिक माध्यममार्फत समाजलाई दिनुभएको उत्प्रेरणा र सन्देशको कदर गर्दै अभिनन्दन गरिएको हो ।
सिफारिसबमोजिम कर्मचारीको तलब वृद्धिको सम्भावना न्यून
सरकारले निजामती कर्मचारीको तलब सुविधामा देखिएको अन्योल हटाई तलब सुविधा वृद्धि गर्ने गरी उच्चस्तरीय तलब सुविधा आयोगले दिएको प्रतिवेदन अनुसार कर्मचारीको तबल वृद्धि यस आर्थिक वर्ष २०८१/८२ को बजेटबाट हुनुपर्ने हो । तर आयोगले दिएको उक्त प्रतिवेदन कार्यान्वयन नभएकाले आयोगको सुझाव अनुसारै कर्मचारीको तलब वृद्धिको सम्भावना भने न्यून रहेको छ । कर्मचारीको नयाँ तलब वृद्वि गर्दा निश्चित मापदण्ड तयार गर्ने र कर्मचारीलाई तलबबाहेक अन्य सुविधा दिन सकिने गरी आयोगले सरकारलाई सुझाव दिएको थियो । त्यसबारे गृहकार्य भएको छैन । सरकारले आर्थिक वर्ष २०७९/८० मा दुई वर्षअघि कर्मचारीको तलब वृद्धि गरेको थियो ।
विद्यालयका नाम नेपालीमा राख्ने पहल, सम्पर्कमा आउँदै विद्यालय
नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ । कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।
पस्मिना उद्योग प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
‘औषधी महँगो हुँदा हिमोफिलिया बिरामी पहुँच बाहिर’
नेपालमा हिमोफिलिया ‘रक्तस्राव’ का बिरामीको अवस्था निकै दयनीय छ। नेपाल सरकारले हिमोफिलियाका बिरामीलाई आवश्यक औषधी उपलब्ध नगराउँदा बिरामीको अवस्था दयनीय बनेको हो।
वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार
विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवम् प्राध्यापक शिव गोपाल रिसाललाई वि.सं.२०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ ।
स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेका मुक्ति
बनेपा नगरपालिका-१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यावसायिक स्ट्रबेरी (भूईकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ ।
अर्थमन्त्री पुन र विश्व बैङ्कका दुई उपाध्यक्षबिच भेटवार्ता
अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । आकिहिको निसिओ विश्व बैङ्कका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ ।
माडीमा विद्युत सेवा अवरुद्ध
चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत अवरुद्ध भएको थियो ।
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।
प्रतिशोध होइन, न्यायको आसमा छन् द्वन्द्वपीडित
“मलाई यो कुरा पटक–पटक नसम्झाइदिए हुन्थ्यो ।” सशस्त्र द्वन्द्वकालीन समयका पीडितहरू ती घटना सम्झँदा अहिले पनि भावुक हुन्छन् ।
अब एक सातासम्मको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री अधिकारीको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज भेटवार्ता गर्नुभएको छ ।
१५ वटा कम्पनीले कर बुझाएनन् (नामावली सहित)
बक्यौता कर नबुझाउने १५ वटा कम्पनीलाई तत्काल राजश्व बुझाउन भन्दै ताकेता गरेको छ । मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलले सूचना जारी गर्दै तत्काल कर दाखिला गर्न नामावली सहितको सूचना जारी गरेको हो ।
गोरखापत्रकर्मी थापालाई पितृशोक
गोरखापत्रकर्मी कविता थापालाई पितृशोक परेको छ । ७३ वर्षीय बुवा कृष्णबहादुर थापाको गए राति १ः१५ बजे निधन भएको थियो ।
प्रदेश सरकारको खर्च निराशाजनक
चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको एक तिहाइको हाराहारीमा मात्र खर्च भएको छ । हालसम्म प्रदेश सरकारको विनियोजित बजेटको ३५ प्रतिशतभन्दा कम खर्च भएको हो ।